२४ भदौ २०८३, बुधबार | September 9, 2026

प्रचण्डले सम्झिए लोकतन्त्र र नागरिक अधिकारका लागि स्वर्गीय देवेन्द्रराज पाण्डेको योगदान



काठमाडौं। नागरिक आन्दोलनका अगुवा तथा पूर्वमन्त्री डा. देवेन्द्रराज पाण्डेको निधनप्रति नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गहिरो दुःख व्यक्त गरेका छन्।

प्रचण्डले शोक वक्तव्य जारी गर्दै डा. पाण्डेको निधनको खबरले आफू अत्यन्त मर्माहत बनेको बताएका छन्। उनले कीर्तिशेष पाण्डेप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै नेपालमा शान्ति प्रक्रिया, लोकतान्त्रिक गणतन्त्रको स्थापना, नागरिक स्वतन्त्रता, सुशासन तथा जनअधिकारको पक्षमा उनले पुर्‍याएको योगदान नेपाली इतिहासमा सधैं सम्मानका साथ स्मरणीय रहने उल्लेख गरेका छन्।

शोक सन्देशमा प्रचण्डले डा. पाण्डे लोकतान्त्रिक मूल्य-मान्यता र नागरिक अधिकारका दृढ पक्षधर रहेको उल्लेख गर्दै उनको योगदानले नेपाली समाजलाई दीर्घकालसम्म प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन्।

प्रचण्डले शोकसन्तप्त परिवारजन, आफन्त तथा पाण्डेप्रति सम्मान र स्नेह राख्ने सम्पूर्णमा हार्दिक समवेदना पनि व्यक्त गरेका छन्।

प्रकाशित मिति : २ श्रावण २०८३, शनिबार  ८ : ५० बजे

प्रधानमन्त्री राहत कोषमा रु १२ अर्ब

काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब रु १२ अर्ब जम्मा

प्रधानमन्त्री शाह तीनवटै सुरक्षा निकायका प्रमुखसँगको छलफलमा

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले तीनवटै सुरक्षा निकायका प्रमुखहरूसँग उच्चस्तरीय

भोटेकोशी बाढीः एक हजार ३६७ शव फेला

काठमाडौ । रसुवा बाढीमा परी बेपत्ता भएकामध्ये हालसम्म एक हजार

सुनचाँदीको मूल्यमा गिरावट

काठमाडौं । नेपाली बजारमा बुधबार सुन र चाँदीको मूल्यमा उल्लेख्य

राष्ट्रसङ्घको ८१औँ महासभा सुरुः ‘विश्व शान्ति र जलवायु परिवर्तन मुख्य एजेण्डा’

  न्युयोर्क ।  संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा मङ्गलबारबाट यहाँ सुरु