१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

एक व्यक्ति एक सहकारी बैकं संचालकहरुको षडयन्त्र भएको सहकारी अभियान्ताको ठहर



बुटवल । एक व्यक्ति समान प्रकृतिको एक सहकारी भन्दा बढीमा शेयर सदस्य हुन नपाउने भन्ने विषय बैकं संचालकहरुको षडयन्त्र भएकाले त्यस्तो नियम लागु गर्न नहुनेमा सहकारीका विज्ञहरुले औल्याएका छन ।

बदलिदो बचत तथा ऋण सहकारी संस्था लि.को १० औं वार्षिक साधारण सभा र चौथो अधिवेशनमा मंगलवार बुटवलमा वोल्ने सहकारी अभियान्ताहरुले बैकं तथा वित्तिय संस्थाका लगानी कर्ताहरुलाई आर्थिक अभाव हुन थालेपछि र सहकारीले सर्व सुलभ कर्जा प्रदान गर्न थालेकाले अतालियर सहकारीमा सकुचन गर्ने नीति ल्याउन सरकारलाई दवाव दिएको समेत बताएका छन ।

कार्यक्रममा राष्ट्रिय सहकारी संघका संचालक रामकृष्ण खांणले सहकारीलाई उत्पादनमुलक क्षेत्रमा लगानी गर्न प्रोत्साहित गर्नु पर्ने र उक्त लगानीवाट उत्पादित वस्तुको सहकारीले नै बजारी करण गर्ने व्यवस्थाउन मिलाउन माग गरे ।

सहकारीले महिलाहरुको सशक्तिकरण र आर्थिक सम्बृद्धिमा महत्वपूर्ण भूमिका खेलेको बताउदै खांणले घरेलु हिंसा रोक्नका लागि टेवा पुराएको तर्फ राज्य संचालकहरु गम्भिर हुन माग गरे ।

साधारण सभाले अध्यक्ष प्रकाश गैरेको वार्षिक प्रतिवेदन, कोषाध्यक्ष रामचन्द्र खड्काले प्रस्तुत गरेको आयव्ययको प्रतिवेदन र लेखा समितिका संयोजक हरि घिमिरेले प्रस्तुत गरेको लेखा प्रतिवेदन पारित भएको सचिव वसन्ती न्यौपानेले बताए ।

कार्यक्रममा ५ नम्बर प्रदेश बचत तथा ऋण सहकारीका सचिव बसन्त ढकाल, बुटवल उपमहानगरपालिका सहकारी प्रमुख गुनाखर खनाल नेपाल ट्रेड युनियन कांग्रेसका वरिष्ठ उपाध्यक्ष कृष्ण प्रसाद वेल्वासे संस्थाका उपाध्यक्ष नर बहादुर रजाली लगायतले सहकारीले शेयर सदस्यहरुको नेतृत्व विकासमा महत्वपूर्ण टेवा पुराएको धारणा राखेका थिए ।

सहकारीको अधिवेशनवाट पुनः प्रकाश गैरेकै अध्यक्षतामा नयां नेतृत्व सर्व सम्मत रुपमा चयन भएको छ । सहकारीको उपाध्यक्षमा नर बहादुर रजाली ,सचिवमा वसन्ती न्यौपाने कोषाध्यक्षमा तुल्सीराम पाण्डे चयन हुनु भएको निर्वाचन समितिका डिल बहादुर थापाले बताए ।

सहकारीको सदस्यमा यणेश वस्याल, अनिल कुमार पाण्डे सुशिल न्यौपाने, मीना घिमिरे, सत्यवती नेपाल, हरि प्रसाद उपाध्य र रामनारायण श्रेष्ठ चयन भएका छन ।
त्यस्तै लेखा समिति संयोजकमा टोपलाल घिमिरे, सदस्यमा घनश्याम अर्याल र भूमीमाया राना चयन भएका छन ।

प्रकाशित मिति : २८ पुस २०७७, मंगलबार  ४ : ४५ बजे

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले राज्यका सबै

पाल्पा ख्याहाकी १९ वर्षीया पद्मा सुनारको हत्या गर्ने सार्वजनिक

तानसेन । पाल्पाको रिब्दिकोट गाउँपालिका १ ख्याहाकी १९ वर्षीया पद्मा

कपनबाट पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं । नेपाल प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको

भारतमा ट्याक्सी दुर्घटना हुँदा दशको मृत्यु

भारत । भारतको जम्मु र श्रीनगर राष्ट्रिय राजमार्गमा पर्ने गहिरो

राष्ट्रपति पौडेलद्वारा अनुगमन तथा मुल्यांकन विधेयक प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अनुगमन तथा मुल्यांकन गर्न बनेको