१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

ब्रिटिस कलेजका विद्यार्थीलाई बेलायतमा वर्किङ भिसाको अवसर



काठमाडौँ । थापाथलीस्थित द ब्रिटिस कलेजका विद्यार्थीहरुले बेलायतमा पढ्न र काम गर्न पाउने भएका छन् । ब्रिटिस कलेजबाट स्नातक तह पास गर्ने नयाँ विद्यार्थीहरुलाई बेलायतको वर्किङ भिसाको अवसर आएको हो ।

कोरोना महामारीको कारण हाल अन्तर्राष्ट्रिय उडानहरु तथा ट्राभल प्रभावित भइरहेको बेला ब्रिटिस कलेजमा हाल स्नातक तहमा भर्ना भएका नयाँ विद्यार्थीहरुले यो सुविधा प्राप्त गर्ने भएका हुन् । विद्यार्थीहरुले नेपालमा एक देखि दुई वर्षसम्म अध्ययन गरेपछि बेलायत स्थानान्तरणको सुविधा प्राप्त गर्ने कलेजले बताएको छ ।

बेलायत सरकारले विश्वभरीका प्रतिभावान् विद्यार्थीहरुलाई भित्र्याउने योजना अन्तर्गत स्नातकतहको पढाई गरिरहेकाहरुको लागि विशेष योजना ल्याएको हो, जसअन्तर्गत नेपालबाट ब्रिटिस कलेजमा स्नातक तह अध्ययन गर्ने विद्यार्थीहरुले पनि सहजै बेलायत स्थानान्तरण गर्ने छन् । हाल ब्रिटिस कलेज बेलायतको प्रख्यात मध्येको दुई विश्वविद्यालयहरु ‘द युनिभर्सिटीअफ वेष्टइंग्ल्याण्ड (युडब्लुई) तथा लिड्स बेकेट युनिभर्सिटी (एलबीयु)को सम्बन्धनमा नेपालमा संचालन भइरहेको छ ।
युडब्लुई तथा एलबीयुबाट स्नातक तह पास गरेपछि ब्रिटिस कलेजले स्नातकोत्तर तहको लागि स्थानान्तरण गर्ने र यससँगै विद्यार्थीले दुई वर्षसम्मको लागि वर्किङ भिसाको अनुमति पनि प्राप्त गर्नेछन् ।

दुई वर्षसम्मको अवधिमा विद्यार्थीहरुले स्थायी काम पाएको खण्डमा उनीहरुले वर्किङ भिसाको अवधि पनि बढाउन सक्नेछन् । यदी वर्किङ भिसामा विद्यार्थीहरुले ५ वर्षसम्म काम गरेको खण्डमा स्थायी रुपमा बसोबास गर्ने अनुमति (आईएलआर) प्राप्त गर्नेछन् । कोरोना महामारी फैलिइहेको बेला परिवार तथा स्वास्थ्यको ख्याल राख्दै शिक्षाबारे सहीनिर्णय लिने समय यही भएको भन्दै कलेजले हालको समयमा पनि गुणस्तरिय शिक्षा प्रदान गरिरहेको बताएकोे छ ।

कोरोना महामारीकै कारण हाल बेलायत लगायत विश्वका अधिकांश देशमा रोजगारीको अवसर निकै कम भएको अवस्थामा केही वर्ष नेपालमा नै अध्ययन गरेर पुनः रोजगारीको पर्याप्त अवसर भएपछि विदेश जानु उत्तम हुने कलेजको विश्वास छ । आफ्नो भविष्यको लागि सही निर्णय लिने समय यही भएको र परिवारसँगै बसेर विश्वस्तरिय शिक्षा, बेलायतको विश्वविद्यालयको डिग्री साथै बेलायमा नै काम गर्ने अवसर प्राप्त हुने हुँदा ब्रिटिस कलेज नै विद्यार्थीहरुको लागि उत्तम विकल्प भएको कलेजले बताएको छ ।

कलेजले बीबीए (हन्स), बीएस्सी (हन्स) कम्प्युटिङ एण्डबी एस्सी (हन्स) तथा हस्पिटालिटी विजनेश म्यानेजमेन्ट (बीएचएम) अध्ययन गर्ने विद्यार्थीहरुले यो अवसर प्राप्त गर्ने कलेजको भनाई छ ।

प्रकाशित मिति : २८ पुस २०७७, मंगलबार  ५ : २३ बजे

अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग

युवा उद्यमी मञ्च रुपन्देहीको आयोजानमा पहिलो ‘बिटुबि कन्टेक्ट २०२४’

बुटवल । नेपालमै पहिलो पटक रुपन्देहीमा शनिवार (भोली)’बिटुबि कन्टेक्ट २०२४’

निरजलाई सूर्य नेपाल काठमाडौं ओपनको उपाधि

काठमाडौं । कोर्स रेकर्ड बराबरी गर्दै समग्रमा ८-अन्डर २ सय

भुतुङ्ग-छापचौर तराई सम्पर्क समाजको शुभकामना आदान प्रदान

बुटवल । भुतुङ्ग-छापचौर तराई सम्पर्क समाजको आयोजनामा शुभकामना आदान प्रदान

जनताका मुद्धालाई केन्द्रमा राख्दै कम्युनिष्ट आन्दोलनलाई एकतातर्फ लैजानुपर्छ : अध्यक्ष नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार