१८ फाल्गुन २०८२, सोमबार | March 2, 2026

पर्यटन प्रवद्र्धनका लागि पोखरामा आमन्त्रण गल्फ प्रतियोगिता हुने



पोखरा । खेलको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्न उद्देश्यअनुरुप यस वर्ष पोखरामा ‘आमन्त्रण गल्फ प्रतियोगिता’को चौथो संस्करण हुने भएको छ । एनसेलसँगको विशेष सहकार्यमा बाह्रखरी मिडिया हाउसले उक्त प्रतियोगिता माघ २३ देखि २५ गतेसम्म पोखरामा आयोजना गर्न लागेको आज पोखरामा पत्रकार सम्मेलनमार्फत जानकारी दिइयको छ ।

बाह्रखरीका प्रधान सम्पादक प्रतीक प्रधानले नियमितरूपमा सञ्चालन गर्दै आइरहेको गल्फ प्रतियोगिता आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ यस वर्ष पोखरामा आयोजना गर्न लागिएको जानकारी दिए । “अन्तर्राष्ट्रिय जगत्मा नेपालको पर्यटनलाई पोखराले विशेषरूपमा चिनाएको छ । अहिले कोभिड–१९ ले सुस्ताएको पर्यटनलाई चलायमानमा गराउन र सकारात्मक सन्देश दिन आमन्त्रण गल्फ प्रतियोगिता पोखरामा गर्न लागिएको हो”, उनले बाह्रखरी मिडिया हाउसले अघिल्लो वर्ष सगरमाथा क्षेत्रको विश्वकै सबैभन्दा उचाइमा ९४२५० मिटर० गल्फ खेलको आयोजना गरेको र अन्तर्राष्ट्रिय जगत्मा निकै चर्चा पाएका उल्लेख गरे ।

पोखरामा हुने प्रतियोगितामा काठमाडौँ, पोखरा, विराटनगर, वीरगञ्ज, चितवन, भैरहवा, नेपालगञ्ज र धनगढीका कर्पोरेट लिडर तथा गल्फ खेलाडीलाई प्रतिष्पर्धा गराउनुका अतिरिक्त उल्लेखित शहरबाट विशेष पाहुनालाई पनि निमन्त्रणा गरिएको उनको भनाइ छ । उनका अनुसार खेलाडी र विशेष पाहुनालाई माघ २३ देखि २५ सम्म पोखराका विभिन्न स्थानको भ्रमण गराउने र साहसिक खेलमा सहभागी गराउने कार्यक्रम पनि समावेश गरिएको छ । पोखरामा आन्तरिक पर्यटन र पर्यटनको पुनरुत्थानप्रति विशेष जागरुकता फैलाउने उद्देश्यले माघ २३ गते शुक्रबार साइकल ¥याली आयोजना गर्नेछ ।

गोकर्ण गल्फका अध्यक्ष सुहृद घिमिरेले गल्फबाट अन्तर्राष्ट्रिय जगत्मा पर्यटन प्रवद्र्धन गर्न सकिने बताए । उनले नेपालको मौसम १२ महिना गल्फ खेलको लागि उत्कृष्ट रहेको उल्लेख गर्दै नेपाल गल्फको लागि उत्कृष्ट स्थान हो भन्ने सन्देश मात्र दिन सके आउने दिनमा नेपालमा गल्फ खेल्न उच्चकोटीका पाहुना भित्रिने विश्वास गरे ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपी भट्टराईले सुस्ताइरहेको पर्यटनमा गल्फ प्रतियोगिताले पर्यटन पुनरुत्थानका लागि सघाउ पु¥याउने बताए । उनले “पोखरामा फुटबल, क्रिकेटसँग अब गल्फले पनि पोखरालाई चिनाउन सहयोग गर्नेछ । गल्फबाट पनि नेपाललाई विश्वमा चिनाउन सकिन्छ ।” उनले यस्ता गतिविधिमा निजी क्षेत्र सँगसँगै राज्यको चासो र अग्रसरताको पनि उत्तिकै खाँचो रहेको बताए ।

प्रकाशित मिति : २८ पुस २०७७, मंगलबार  ८ : २२ बजे

इरानी आक्रमणबाट मृत्यु भएका नेपाली गोरखाका दिवस श्रेष्ठ

यूएई । इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपाली युवकको पहिचान

सल्यानमा रास्वपाको प्रचार गाडीबाट मदिरा र खाद्यान्न बरामद, जिप प्रहरी नियन्त्रणमा

सल्यान । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चुनाव प्रचारमा प्रयोग भइरहेको

निर्वाचनमा उत्साहका साथ सहभागी हुन प्रधानमन्त्रीको आह्वान

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आउँदो फागुन २१ गते सम्पन्न

इजरायल–इरान द्वन्द्व मध्यपूर्व क्षेत्रभरि फैलियो

इजरायलले इरान समर्थित हिजबुल्लाहका लक्ष्यहरूमा लेबनानभरि व्यापक बमबारी गरेपछि इजरायल,

आगामी आर्थिक वर्षको राजस्व नीति माथि सुझाव माग

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत अवलम्बन गरिने