२१ बैशाख २०८३, सोमबार | May 4, 2026

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १५ हजार ४०९ जनाको मृत्यु



काठमाडौं । विश्वभर पछिल्लो २४ घण्टाभित्र कोरोना भाइरसको संक्रमणका कारण १५ हजार ४०९ जना संक्रमितको मृत्यु भएको छ ।

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार आज (बुधबार) बिहानसम्म विश्वभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १९ लाख ६८ हजार ३२५ पुगेको छ ।

हालसम्म विश्वभर नौ करोड १९ लाख ७१ हजार ५२० जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । कूल संक्रमितमध्ये ६ करोड ५७ लाख ८२ हजार ७०७ जना उपचारपछि निको भइसकेका छन् । बाँकी दुई करोड ४२ लाख २० हजार ४८८ जना हाल अस्पताल तथा होम आइसोलेसनमा उपचाररत रहेका छन ।

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या सबैभन्दा धेरै अमेरिकामा रहेको छ । त्यहाँ तीन लाख ८९ हजार ३९८ जनाको मृत्यु भइसकेको छ । गत २४ घण्टामा त्यहाँ थप चार हजार ५८ जनाको मृत्यु भएको छ ।

त्यसैगरी ब्राजिलमा आजसम्म दुई लाख चार हजार ७२५ जनाले कोरोनाका कारण मृत्यु भएको छ । कोरोना संक्रमितको दोस्रो ठूलो संख्या रहेको भारतमा एक लाख ५१ हजार ५४२ जनाको मृत्यु कोरोना संक्रमणबाट भएको पुष्टि भइसकेको छ ।

कोरोनाबाट धेरै प्रभावित भएका मुलुकहरू मेक्सिकोमा एक लाख ३४ हजार ३६८, बेलायतमा ८३ हजार २०३, इटलीमा ७९ हजार ८१९, फ्रान्समा ६८ हजार ८०२, स्पेनमा ५२ हजार ६८३, इरानमा ५६ हजार ३६०, अर्जेन्टिनामा ४४ हजार ८४८, कोलम्बियामा ४६ हजार ७८२ तथा रसियामा ६२ हजार ८०२ जनाको मृत्यु भएको तथ्यांक छ ।

प्रकाशित मिति : २९ पुस २०७७, बुधबार  ७ : ०१ बजे

लिपुलेकबारे भारतको अडान : नेपालको दाबी अस्वीकार, वार्तामार्फत समाधानको प्रस्ताव

नयाँ दिल्ली । भारतले लिपुलेक पासलाई कैलाश मानसरोवर यात्राको ऐतिहासिक

भैँसीगोठमा पूर्णबहादुरका ५७ वर्ष

म्याग्दी । यहाँको धवलागिरि गाउँपालिका-४ खाम्लाका पूर्णबहादुर जैसीलाई १८ वर्षको

आजको मौसम : केही स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका

नृत्यकर्मी संघ नेपाल रुपन्देहीमा नयाँ नेतृत्वलाई पद हस्तान्तरण

बुटवल । नृत्यकर्मी संघ नेपाल, रुपन्देहीको नयाँ नेतृत्वलाई पद हस्तान्तरण

‘सरकार प्रेस स्वतन्त्रता कुण्ठित गर्ने दिशामा अघि बढ्यो’

नेपालगन्ज । नेपालगन्जका अगुवा पत्रकारहरुले सरकार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति