२० मंसिर २०८२, शनिबार | December 6, 2025

लण्डनमा नेपाली सेफको हत्या



काठमाडौं । लन्डनको इस्टकोट रेल स्टेसनअगाडि एक नेपालीको कुटेर हत्या गरिएको छ।

काठमाडौं स्थायी घर भएका ३५ वर्षीय विक्रम केसीको आइतबार राति हत्या भएको नेपलिज सेफ एसोसिएसन यूकेका संस्थापक अध्यक्ष कृष्ण तिमल्सेनाका जानकारी दिएका छन् ।

लन्डनको इस्टकोट रेल स्टेसनअगाडि आइतबार राति साढे १० बजेतिर पहिचान नखुलाईएका एक जना २१ वर्षीय युवकले केसीको हत्या गरेको बताईएको छ ।

लण्ड स्थित ‘सोसल ढाबा’ रेस्टुरेन्टमा काम गरेर फर्किंदै गरेका केसीको घर पुग्नै लाग्दा ती युवकसँग झगडा परेको थियो। कुटपिटबाट केसीको घटनास्थलमै मृत्यु भएको भनिएको छ, तर झगडाको कारण भने खुल्न सकेको छैन।

कुटपिट गर्ने युवकलाई प्रहरीले नियन्त्रणमा लिए पनि उनको पहिचान खुलाईएको छैन ।

स्टेशनबाट केसीको घर करिब दुई मिनेट दुरीमा अवस्थित छ ।

स्वर्गीय केसी भारत, कुवेत हुंदै सन् २००७ तिर तिमल्सेनाकै पहलमा लन्डन आएका थिए । ‘इण्डो चाइनिज’ खानाका सेफ केसीले भेन्यू ५, ब्लु अर्किड आदि रेष्टुरेन्टमा काम गरिसकेका थिए ।

काठमाडौं घर भएका केसी श्रीमती र भाइ बुहारीका साथ लन्डनमा बस्थे । एकजना निर्दोष साथीको हत्याको खबर सुनेपछि बेलायतका नेपाली सेफहरु स्तब्ध भएको लण्डल स्थित बिभिन्न सञ्चार माध्यमहरुले जनाएका छन् । ।

 

 

प्रकाशित मिति : २९ पुस २०७७, बुधबार  १० : ०४ बजे

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय