१ श्रावण २०८३, शुक्रबार | July 17, 2026

लण्डनमा नेपाली सेफको हत्या



काठमाडौं । लन्डनको इस्टकोट रेल स्टेसनअगाडि एक नेपालीको कुटेर हत्या गरिएको छ।

काठमाडौं स्थायी घर भएका ३५ वर्षीय विक्रम केसीको आइतबार राति हत्या भएको नेपलिज सेफ एसोसिएसन यूकेका संस्थापक अध्यक्ष कृष्ण तिमल्सेनाका जानकारी दिएका छन् ।

लन्डनको इस्टकोट रेल स्टेसनअगाडि आइतबार राति साढे १० बजेतिर पहिचान नखुलाईएका एक जना २१ वर्षीय युवकले केसीको हत्या गरेको बताईएको छ ।

लण्ड स्थित ‘सोसल ढाबा’ रेस्टुरेन्टमा काम गरेर फर्किंदै गरेका केसीको घर पुग्नै लाग्दा ती युवकसँग झगडा परेको थियो। कुटपिटबाट केसीको घटनास्थलमै मृत्यु भएको भनिएको छ, तर झगडाको कारण भने खुल्न सकेको छैन।

कुटपिट गर्ने युवकलाई प्रहरीले नियन्त्रणमा लिए पनि उनको पहिचान खुलाईएको छैन ।

स्टेशनबाट केसीको घर करिब दुई मिनेट दुरीमा अवस्थित छ ।

स्वर्गीय केसी भारत, कुवेत हुंदै सन् २००७ तिर तिमल्सेनाकै पहलमा लन्डन आएका थिए । ‘इण्डो चाइनिज’ खानाका सेफ केसीले भेन्यू ५, ब्लु अर्किड आदि रेष्टुरेन्टमा काम गरिसकेका थिए ।

काठमाडौं घर भएका केसी श्रीमती र भाइ बुहारीका साथ लन्डनमा बस्थे । एकजना निर्दोष साथीको हत्याको खबर सुनेपछि बेलायतका नेपाली सेफहरु स्तब्ध भएको लण्डल स्थित बिभिन्न सञ्चार माध्यमहरुले जनाएका छन् । ।

 

 

प्रकाशित मिति : २९ पुस २०७७, बुधबार  १० : ०४ बजे

खजुरा क्यान्सर अस्पतालका बिग्रेका उपकरणहरु राष्ट्रिय आविस्कार केन्द्रले मरमत गरिदिने

खजुरा । बाँकेको खजुरा स्थित सुशिल कोईराला प्रखर क्यान्सर अस्पताल

शैक्षिक परामर्श व्यवसायीद्वारा काठमाडौंमा प्रदर्शन

काठमाडौं । नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान)ले शैक्षिक परामर्श, भाषा

मुख्य निकास साँघुरिँदा उपत्यकामा बढ्यो डुबानको सास्ती

काठमाडौं । अनामनगर, नयाँ बानेश्वर, जमल, रानीवन तथा सिंहदरबारलगायत आसपासको

आर्थिक वर्षको पहिलो दिन नेप्से परिसूचक ७९ दशमलव ७४ अङ्कले बुम

काठमाडौं । नयाँ आर्थिक वर्षको पहिलो दिन धितोपत्र बजारमा सेयर

पैचो पसल पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण, १२ वर्षको विश्वास अब नयाँ उचाइमा

काठमाडौं। नेपाली कृषि, ग्रामीण उद्यमशीलता र स्वदेशी उत्पादनको मूल्य अभिवृद्धिलाई