१५ असार २०८३, सोमबार | June 29, 2026

आरोपपत्र फिर्ता लिएर निर्वाचन स्वीकारे पार्टी एकता हुन्छ : उपप्रधानमन्त्री पोखरेल



झापा । उपप्रधानमन्त्री ईश्वर पोखरेलले अझै पनि पार्टी एकताको सम्भावना रहेको बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को ओली पक्षले बुधबार बिर्तामोडमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पोखरेलले प्रचण्डको आरोपपत्रले नै पार्टीलाई यहाँसम्म ल्याइपुर्याएको आरोप लगाए ।

कानुनतः विभाजित नभए पनि सारमा पार्टी विभाजित भएको हुँदा प्रधानमन्त्री केपी शर्मा ओलीमाथि लगाइएको आरोपपत्र फिर्ता लिए एकताको सम्भावना रहेको उनले बताए ।

पोखरेलले आरोपपत्र फिर्तासँगै दाहाल–नेपाल समूहले सरकारले वैशाख १७ र २७ गते घोषणा गरेको निर्वाचनलाई स्वीकारेर आएमा एकता हुनेमा दुई मत नरहेको उल्लेख गरे। उनले पार्टी एकता नभए ओलीले नेतृत्व गरेको पार्टी नै आधिकारिक हुने दाबी गरे।

उपप्रधानमन्त्री पोखरेलले कार्यकर्तालाई पार्टी आधिकारिकता र सूर्य चिन्हका बारेमा धेरै चिन्ता लिन आवश्यक नरहेको बताउँदै भने, “प्रधानमन्त्री ओलीले नेतृत्व गरेको पार्टी नै नेपाल कम्युनिष्ट पार्टीको आधिकारिक पार्टी हो, सूर्य चिन्ह पनि आधिकारिक पार्टीको हुन्छ, तपाइँहरुले धेरै चिन्ता लिनुपर्दैन ।”

उनले दाहाल–नेपाल समूहले हास्यास्पद मुद्दा झिकेर पार्टीमा लफडा गरेकै कारण संसद् विघटन गर्नुपर्ने परिस्थितिको सिर्जना भएको आरोप लगाए ।

निर्वाचन आयोगले निर्वाचनको तयारी शुरु गरिसकेको अवस्थामा दाहाल–नेपाल समूहले जनतासँग डराएर चुनाव रोक्न दबाब दिएको उनको भनाइ छ ।

प्रकाशित मिति : २९ पुस २०७७, बुधबार  ५ : ४८ बजे

पर्यटन प्रवद्र्धन र युवा-मैत्री नीति बनाउन होटल व्यवसायीको आग्रह

बुटवल । रुपन्देहीका होटल व्यवसायीहरूले पर्यटन क्षेत्रलाई चलायमान बनाउन र

विष्णु पौडेललाई पुनः म्याद थपका लागि विशेष अदालतमा उपस्थित गराइयो

काठमाडौं । पूर्वमन्त्री तथा नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति

मंगलाघाटमा बस्ती संरक्षण योजना कार्यान्वयमा

म्याग्दी । म्याग्दी नदीको बाढी र कटानको जोखिममा रहेको बेनी

असार १५ : जुजु धौको माग उच्च

भक्तपुर । आज असार १५, नेपाली संस्कृति र परम्पराअनुसार आजको

राष्ट्रिय धान दिवस : ‘ड्रोन’ मार्फत मल छरेर ‘मेसिन’ मार्फत रोपियो धान

पाटन । ‘ड्रोन’ मार्फत मल छरेर ‘मेसिन’ मार्फत धान रोप्दै