१ भदौ २०८३, सोमबार | August 17, 2026

तिलोत्तमा क्रिकेट बिकास समितिमा पदस्थापन



तिलोत्तमा । तिलोत्तमा क्रिकेट बिकास समितिको तेस्रो अधिबेसनबाट निर्बाचित नयाँ कार्यसमितिको पदस्थापन तथा सपथ प्रहण कार्यक्रम आज सम्पन्न भएको छ ।

गत सनिबार सम्पन्न अधिबेसनबाट निर्बाचित दिपक शर्मा भुर्तेलको अध्यक्षत रहेको नयाँ कार्यसमितिलाई लोकनेश ढेंगामगर कार्यवहाक अध्यक्ष रहेको निवर्तमान समितिले पदस्थापन गराएको हो ।

कार्यक्रममा निर्बाचन अधिकृत बाबुराम गैरेले नयाँ कार्यसमितिलाई सपथ ग्रहण गराएका थिए । कार्यक्रममा निर्बाचित कार्यसमिति, मनोनित सदस्य तथा सल्लाहकारहरुलाई प्रमाण पत्र समेत प्रदान गरिएको थियो ।

निवर्तमा कार्यवाहक अध्यक्ष लोकनेश ढेंगा मगरको अध्यक्षता, तिलोत्तमा खेलकुद बिकास समितिका संयोजक राजेन्द्र गुरुङ्गको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बुटवल क्रिकेट बिकास समितिका अध्यक्ष नेत्र पौडेलले सुभकामना मन्तब्य राखेका थिए ।

नव निर्बाचित अध्यक्ष दिपक शर्मा भुर्तेलले धन्यबाद मन्तब्य राखेको कार्यक्रमकमा निवर्तमान सचिव राजेन्द्र केसीले स्वागत गरेका थिए भने कार्यक्रमको संचालन संञ्चारकर्मी कृष्ण भण्डारीले गरेका थिए ।

गत शनिबार सम्पन्न तिलोत्तमा क्रिकेट बिकास समितिको तेस्रो अधिवेसनले दिपक शर्मा भुर्तेलको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिती गठन गरेको थियो ।

जसकाको उपाध्यक्षमा राजेन्द्र केसी, सचिवमा श्रीराम नेपाली, कोषाध्यक्षमा कमल श्रेष्ठ, सह सचिवमा मिलन भण्डारी, सह कोषध्यक्षमा रोशन शर्मा निर्वाचित भएका छन् । त्यस्तै, सदस्यहरुमा माधव पन्थ, प्रकाश घिमिरे र भुपराज अधिकारी चयन भएका थिए ।

प्रकाशित मिति : २९ पुस २०७७, बुधबार  ८ : १२ बजे

३५० रुपैयाँको सामान किनेका उपभोक्ताले जितो १० लाखको बम्पर उपहार

काठमाडौं । करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत साउनको दोस्रो पाक्षिक पुरस्कारका विजेताहरू

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सभाबाट विश्वासको

कृषि बीमाको प्रिमियममा अनुदान उपलब्धी गराउने कार्यविधि संशोधन

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले ‘कृषि पशुपन्छी तथा

विश्वासको मत नपाउने भएपछि बागमतीका मुख्यमन्त्री बानियाँद्वारा राजीनामा

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामा दिएका

लुम्बिनीका मुख्यमन्त्री आचार्यले मागे विश्वासको मत

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत