१ भदौ २०८३, सोमबार | August 17, 2026

आफु बाहेक कसैलाई नेकपाको तर्फबाट पत्राचार गर्ने अधिकार छैन : प्रधानमन्त्री ओली



काठमाडौं । निर्वाचन चिन्ह सुर्य र पार्टीको आधिकारिकता माग्न निर्वाचन आयोग धाएकोप्रति प्रचण्ड-नेपाल पक्षलाई पटक पटक व्यंग गर्दै आएका प्रधानमन्त्री केपी शर्मा ओली आफै ११ पृष्ठ लामो दाबीपत्र लिएर निर्वाचन आयोग पुगेका छन् ।

सार्वजानिक समारोहमा आधिकारिक नेकपा प्रमाण बोकेर आयोग धाउनु नपर्ने तर्क गर्दै आएका प्रधानमन्त्री ओलीले बुधबार आफ्ना नेताहरूमार्फत ११ पृष्ठ पत्र बुझाउँदै आधिकारिक नेकपा आफुले नेतृत्व गरेको नेकपा रहेको दाबी प्रस्तुत गरेका छन् ।

बुधबार प्रधानमन्त्री ओलीले निर्वाचन आयोगलाई बुझाएको ११ पृष्ठको पत्रमा नेकपा नफुटेको दाबी गर्दै आफुले नेतृत्व गरेको नेकपा नै आधिकारिक नेकपा भएको बताएका छन् । उनले पत्रमा नेकपा विभाजन नै नभएको समेत जिकिर गरेका छन् ।

बिहीबार निर्वाचन आयोगले ऐन–नियम र पार्टीको विधानअनुसार विवरण पठाउन नेकपाका दुवै पक्षलाई पत्रचार गरेको थियो।

प्रधानमन्त्री ओलीले आयोगले पठाएको पत्रको जवाफ दिँदै नेकपा विभाजन नभएको र आफू पहिलो अध्यक्ष र प्रमुख पदाधिकारी भएका कारण आफूले पठाएको विवरण नै आधिकारिक भएको दावी गरेका हुन्।

उनले पहिलो अध्यक्षको हैसियतमा आफूले पठाएको दस्तावेजहरु अभिलेखीकरण हुने र अन्य कोही कसैले पठाएको सामग्री अभिलेखीकरण नहुने उल्लेख गर्दै आफु बाहेक अरु कसैले पठाएको अभिलेखलाई दर्ता नगर्नसमेत आयोगलाई आग्रह गरेका छन्।

‘नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रथम अध्यक्ष र प्रमुख पदाधिकारीको हैसियतले मैले पठाएका विवरणहरु सूचीकृत गर्न र अन्य कुनै पनि अनाधिकृत तथा असम्बन्धित व्यक्तिले पार्टीको नाममा पठाएको भनिएका कुनै पनि विवरणहरु अभिलेखीकरण गर्न नमिल्ने व्यहोरा स्पष्ट गर्न चाहन्छु’, प्रधानमन्त्रीले पत्रमा लेखेका छन्।

उनले नेकपामा आफूलाई बाहेक अरु कसैलाई पनि त्यस्ते विवरण पठाउने अधिकार नभएको भन्दै आयोगले त्यस्तो अनाधिकृत विवरण अध्यावधिक गर्न नमिल्ने जिकिर समेत गरेका छन् ।

प्रधानमन्त्री ओलीले प्रथम अध्यक्ष तथा प्रमुख पदाधिकारीको हैसियतले आफुले पठाएको विवरणबाहेक पार्टीका तर्फबाट अन्य कोही कसैलाई पनि विवरण पठाउने अधिकार नभएको बताएका छन् । ‘अनाधिकृत विवरण आयोगले अभिलेखीकरण गर्न पनि मिल्दैन’, पत्रमा लेखिएको छ, ‘निर्वाचन आयोगमा पत्रचार गर्ने सम्बन्धमा पार्टीका द्वितीय अध्यक्ष श्री पुष्पकमल दाहाल प्रचण्डलाई कुनै अधिकार दिइएको छैन।’

प्रकाशित मिति : २९ पुस २०७७, बुधबार  ८ : ५३ बजे

बागमतीमा नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान

हेटौँडा । बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नयाँ सरकार

काभ्रे जीप दुर्घटनाः मृतकको पहिचान खुल्यो, घाइतेलाई धुलिखेल अस्पताल ल्याइयो

काभ्रेपलाञ्चोक । खानीखोला गाउँपालिका–१ स्याउथलीमा आज मध्याह्न भएको जीप दुर्घटनामा

परराष्ट्रको ‘नेपाली नागरिकको उद्धार तथा शव फिर्ती कार्यविधि’ अर्थमा

काठमाडौं । परराष्ट्र मन्त्रालयले विदेशमा रहेका नेपाली नागरिकको उद्धार तथा

३५० रुपैयाँको सामान किनेका उपभोक्ताले जितो १० लाखको बम्पर उपहार

काठमाडौं । करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत साउनको दोस्रो पाक्षिक पुरस्कारका विजेताहरू

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सभाबाट विश्वासको