२२ बैशाख २०८१, शनिबार | May 4, 2024

आफु बाहेक कसैलाई नेकपाको तर्फबाट पत्राचार गर्ने अधिकार छैन : प्रधानमन्त्री ओली



काठमाडौं । निर्वाचन चिन्ह सुर्य र पार्टीको आधिकारिकता माग्न निर्वाचन आयोग धाएकोप्रति प्रचण्ड-नेपाल पक्षलाई पटक पटक व्यंग गर्दै आएका प्रधानमन्त्री केपी शर्मा ओली आफै ११ पृष्ठ लामो दाबीपत्र लिएर निर्वाचन आयोग पुगेका छन् ।

सार्वजानिक समारोहमा आधिकारिक नेकपा प्रमाण बोकेर आयोग धाउनु नपर्ने तर्क गर्दै आएका प्रधानमन्त्री ओलीले बुधबार आफ्ना नेताहरूमार्फत ११ पृष्ठ पत्र बुझाउँदै आधिकारिक नेकपा आफुले नेतृत्व गरेको नेकपा रहेको दाबी प्रस्तुत गरेका छन् ।

बुधबार प्रधानमन्त्री ओलीले निर्वाचन आयोगलाई बुझाएको ११ पृष्ठको पत्रमा नेकपा नफुटेको दाबी गर्दै आफुले नेतृत्व गरेको नेकपा नै आधिकारिक नेकपा भएको बताएका छन् । उनले पत्रमा नेकपा विभाजन नै नभएको समेत जिकिर गरेका छन् ।

बिहीबार निर्वाचन आयोगले ऐन–नियम र पार्टीको विधानअनुसार विवरण पठाउन नेकपाका दुवै पक्षलाई पत्रचार गरेको थियो।

प्रधानमन्त्री ओलीले आयोगले पठाएको पत्रको जवाफ दिँदै नेकपा विभाजन नभएको र आफू पहिलो अध्यक्ष र प्रमुख पदाधिकारी भएका कारण आफूले पठाएको विवरण नै आधिकारिक भएको दावी गरेका हुन्।

उनले पहिलो अध्यक्षको हैसियतमा आफूले पठाएको दस्तावेजहरु अभिलेखीकरण हुने र अन्य कोही कसैले पठाएको सामग्री अभिलेखीकरण नहुने उल्लेख गर्दै आफु बाहेक अरु कसैले पठाएको अभिलेखलाई दर्ता नगर्नसमेत आयोगलाई आग्रह गरेका छन्।

‘नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रथम अध्यक्ष र प्रमुख पदाधिकारीको हैसियतले मैले पठाएका विवरणहरु सूचीकृत गर्न र अन्य कुनै पनि अनाधिकृत तथा असम्बन्धित व्यक्तिले पार्टीको नाममा पठाएको भनिएका कुनै पनि विवरणहरु अभिलेखीकरण गर्न नमिल्ने व्यहोरा स्पष्ट गर्न चाहन्छु’, प्रधानमन्त्रीले पत्रमा लेखेका छन्।

उनले नेकपामा आफूलाई बाहेक अरु कसैलाई पनि त्यस्ते विवरण पठाउने अधिकार नभएको भन्दै आयोगले त्यस्तो अनाधिकृत विवरण अध्यावधिक गर्न नमिल्ने जिकिर समेत गरेका छन् ।

प्रधानमन्त्री ओलीले प्रथम अध्यक्ष तथा प्रमुख पदाधिकारीको हैसियतले आफुले पठाएको विवरणबाहेक पार्टीका तर्फबाट अन्य कोही कसैलाई पनि विवरण पठाउने अधिकार नभएको बताएका छन् । ‘अनाधिकृत विवरण आयोगले अभिलेखीकरण गर्न पनि मिल्दैन’, पत्रमा लेखिएको छ, ‘निर्वाचन आयोगमा पत्रचार गर्ने सम्बन्धमा पार्टीका द्वितीय अध्यक्ष श्री पुष्पकमल दाहाल प्रचण्डलाई कुनै अधिकार दिइएको छैन।’

प्रकाशित मिति : २९ पुस २०७७, बुधबार  ८ : ५३ बजे

भारतले प्याज निर्यातमा प्रतिबन्ध हटायो

काठमाडौं । भारतले प्याज निर्यातमा लगाइएको प्रतिबन्ध हटाएको छ ।

गौशालाका गाई गोरुलाई निलकण्ठ आमा समुहको दानापानी

बुटवल । बुटवल उपमहानगरपालिका वडा नं ७ स्थित शिवनगर सामुदायिक

लुम्बिनीमा अन्तराष्ट्रिय बौद्ध गोष्ठी सुरु

लुम्बिनी । लुम्बिनी बौद्ध विश्वविद्यालय बौद्ध अध्ययन संकायको आयोजनामा अन्तराष्ट्रिय

कर्णाली प्रदेशकै पहिलो चार तारे होटल बन्यो सुर्खेतको सिद्धार्थ होटल

सुर्खेत । सिद्धार्थ हस्पिटालिटीको व्यवस्थापनमा सुर्खेतको विरेन्द्रनगरमा सञ्चालन भइरहेको ‘सिद्धार्थ

गुरुकुल एकेडेमीमा शिक्षक प्रशिक्षण सम्पन्न

कपिलवस्तु । कपिलवस्तु-६, बर्मेलीमा अवस्थित गुरुकुल एकेडेमीमा विद्यालयका शिक्षक शिक्षिकाहरुलाई