२१ बैशाख २०८३, सोमबार | May 4, 2026

परराष्ट्रमन्त्री ज्ञवाली आज भारत जाँदै, सीमा समस्या र कोरोनाविरुद्ध खोपबारे छलफल हुने



काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली आज भारत भ्रमणमा जाँदैछन् ।

नेपाल-भारत संयुक्त आयोगको छैटौँ बैठकमा सहभागी हुन परराष्ट्रमन्त्री ज्ञवाली भारत जान लागेका हुन् ।

नेपालका तर्फबाट परराष्ट्रमन्त्री ज्ञवाली र भारतका विदेशमन्त्री एस जयशंकरले संयुक्त अध्यक्षतामा बस्ने आयोगको बैठक माघ १ र २ गते नयाँदिल्लीमा हुने छ ।

बैठक लामो समयदेखि थाँती रहेको सीमा समस्या समाधानको प्रयास, कोभिड-१९ विरुद्धको खोप खरिद, तथा द्विपक्षीय आर्थिक साझेदारीलाई सुदृढ तुल्याउनेतर्फ केन्द्रित हुने बताइएको छ ।

नेपाल-भारत सम्बन्धलाई अझ सार्थक, सुदृढ र नेपालको आर्थिक वृद्धिदरमा थप टेवा पु-याउने सम्भावनाको खोजी तथा द्विपक्षीय सम्बन्धको समग्र अवस्थाको पुनरावलोकनका साथै जल, स्थल र हवाईमार्गबाट सम्पर्क सञ्जाल विस्तारका साथै पारस्परिक साझेदारी र सहकार्यात्मक सम्बन्धलाई अझ सबल, सुदृढ एवं भरपर्दो बनाउन हरसम्भव प्रयास हुने विश्वास गरिएको छ ।

सुगौली सन्धिअनुसार लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको आफ्नो भू-भागलाई समेटेर नेपालले नयाँ राजनीतिक एवं प्रशासनिक नक्शा प्रकाशन गरेपछि केही चिसिएको नेपाल-भारत सम्बन्धलाई पुनः हार्दिक बनाउन परराष्ट्रमन्त्री ज्ञवालीको यो भ्रमण सफल हुने अपेक्षा पनि गरिएको छ ।

यसअघि भारतको बाह्य गुप्तचर संस्थाका प्रमुख, सेनाध्यक्ष र विदेश सचिवबाट भएको भ्रमणले पनि द्विपक्षीय सम्बन्धलाई सुमधुर बनाउन अहम् भूमिका निर्वाह गरेको थियो ।

यस्तै, बैठकमा काठमाडौंमा सम्पन्न आयोगको पाँचौँ बैठकमा भएका सहमति र सम्झौताको प्रगति समीक्षा, नेपाल-भारत बहुआयमिक सम्बन्धका समग्र पक्षमा गहन छलफल हुनुका साथै राजनीतिक सम्बन्ध, सिमाना र सुरक्षा, आर्थिक सहयोग एवं पूर्वाधार, व्यापार तथा पारवहन, ऊर्जा र जलस्रोत, संस्कृतिसँग सम्बन्धित विषयमा नै सघनरूपमा विचारविमर्श हुनेछ । मन्त्री ज्ञवाली माघ ३ गते स्वदेश फर्कने कार्यक्रम छ ।

प्रकाशित मिति : १ माघ २०७७, बिहिबार  ८ : ५४ बजे

नेपाल रेडक्रसद्वारा युवा र महिलालाई नेतृत्वदायी भूमिकामा ल्याउन प्रोत्साहन

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले पालिकादेखि केन्द्रसम्मको निर्वाचनमा नेतृत्वदायी भूमिकामा

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज

ललितपुर । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै

गृहसचिवद्वारा सशस्त्र प्रहरीका महानिरीक्षक पौडेललाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौं । गृह सचिव राजकुमार श्रेष्ठले सशस्त्र प्रहरी बल नेपालका

भूमिहीनलाई घरबारविहीन नबनाइने : प्रधानमन्त्री शाह

काठमाडौं । बालेन्द्र शाह ले काठमाडौं उपत्यकाका नदीकिनार र सरकारी

उपल्लो मुस्ताङमा देखिए जङ्गली गधा

मुस्ताङ । नेपाल-चीन उत्तरी सीमाक्षेत्रअन्तर्गत उपल्लो मुस्ताङको लोमान्थाङ-१ ढालुङ र