२१ बैशाख २०८३, सोमबार | May 4, 2026

‘दी भ्वाइस अफ नेपाल-३’ को कोचबाट आस्था बाहिरिइन, नयाँ कोचमा तृष्णा



काठमाडौं । गायन रियालिटी शो ‘दी भ्वाइस अफ नेपाल’ को सिजन ३ मा एक जना कोच परिवर्तन गरिएको छ ।

सिजन-२ मा कोच बनेकी गायिका आस्था राउतको ठाउँमा गायिका तृष्णा गुरूङलाई भित्र्याइएको हो । गायिका आस्थाले यो वर्ष समय दिन नभ्याएपछि उनको स्थानमा गायिका तृष्णालाई कोचको रूपमा अनुबन्धित गरिएको आयोजकले जनाएको छ ।

आस्थाले समय दिन नसक्ने भएपछि सहमतिमै उनले छोडेको र उनको ठाउँमा तृष्णालाई राखिएको शोका निर्देशक लक्ष्मण पौडेलले जानकारी दिए । कोचको रूपमा जोडिन पाउँदा आफू निकै नै उत्साहित भएको र आफ्नो तर्फबाट राम्रो दिन आफूले कुनै कसर बाँकी नराख्ने तृष्णाले बताएकी छन ।

अहिले ‘दी भ्वाइस अफ नेपाल ३’ को डिजिटल अडिसन जारी छ । डिजिटल अडिसन सकिएपछि हिमालय टेलिभिजन एचडीबाट यो शो प्रसारण हुने जनाइएको छ ।

शोमा कोचको रूपमा गायकत्रय दीप श्रेष्ठ, प्रमोद खरेल र राजु लामासँगै तृष्णा हुने छन । यसअघि टिम दीप र टिम प्रमोदका प्रतिस्पर्धीले यो शोको उपाधि जितेका थिए । पहिलो संस्करणमा सीडी विजय अधिकारी र दोस्रोमा राम लिम्बूले उपाधि जितेका थिए ।

सिजन ३ को डिजिटल अडिसनमा झण्डै ४० हजारको सहभागिता रहेको आयोजकले जनाएको छ । एक महिनासम्म चलेको अडिसनमा नेपालसहित विभिन्न देशमा बसोबास गर्ने नेपालीभाषी प्रतिभाहरूले उत्साहजनक सहभागिता जनाएका छन ।

भारत, थाइल्याण्ड, बर्मा, अस्ट्रेलिया र अमेरिकामा बसोबास गरिरहेका नेपालीमुलका प्रतिभाहरू पनि यो अडिसनमा सहभागी भएको आयोजकले जनाएको छ ।

डिजिटल अडिसनमा सहभागी प्रतिभाहरूको थप परीक्षण र छनोटपछि १२० जना प्रतिभाहरूले कोचका अगाडि ‘ब्लाइन्ड अडिसन’मा प्रस्तुति दिन पाउने छन । ब्लाइन्ड अडिसनमा कोचको कुर्सी घुमाउन सफल प्रतिभाहरूको सांगीतिक यात्रा त्यही विन्दुबाट सुरू हुनेछ । हरेक कोचको टिममा छानिएका १२ जना प्रतिभाले ‘ब्याटल राउण्ड’मा प्रतिस्पर्धा गर्ने छन ।

प्रकाशित मिति : १ माघ २०७७, बिहिबार  ८ : ५८ बजे

भूमिहीनलाई घरबारविहीन नबनाइने : प्रधानमन्त्री शाह

काठमाडौं । बालेन्द्र शाह ले काठमाडौं उपत्यकाका नदीकिनार र सरकारी

उपल्लो मुस्ताङमा देखिए जङ्गली गधा

मुस्ताङ । नेपाल-चीन उत्तरी सीमाक्षेत्रअन्तर्गत उपल्लो मुस्ताङको लोमान्थाङ-१ ढालुङ र

मन्त्रिपरिषद् बैठक आज : मन्त्रालय मर्ज र खारेजको खाका पेश हुने

काठमाडौं । मन्त्रिपरिषद् बैठक आज बिहान साढे १० बजे बस्दैछ

बनेपामा ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सम्पन्न

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरमा हजारौँ वर्षदेखि वैशाख पूर्णिमाको अवसरमा

बुटवलमा स्वच्छ व्यवसाय र स्वस्थ बजारबारे अभिमुखीकरण कार्यक्रम सम्पन्न

बुटवल । उपभोक्ता हित संरक्षण मञ्च रुपन्देहीको आयोजनामा बुटवलमा स्वच्छ