२० मंसिर २०८२, शनिबार | December 6, 2025

‘दी भ्वाइस अफ नेपाल-३’ को कोचबाट आस्था बाहिरिइन, नयाँ कोचमा तृष्णा



काठमाडौं । गायन रियालिटी शो ‘दी भ्वाइस अफ नेपाल’ को सिजन ३ मा एक जना कोच परिवर्तन गरिएको छ ।

सिजन-२ मा कोच बनेकी गायिका आस्था राउतको ठाउँमा गायिका तृष्णा गुरूङलाई भित्र्याइएको हो । गायिका आस्थाले यो वर्ष समय दिन नभ्याएपछि उनको स्थानमा गायिका तृष्णालाई कोचको रूपमा अनुबन्धित गरिएको आयोजकले जनाएको छ ।

आस्थाले समय दिन नसक्ने भएपछि सहमतिमै उनले छोडेको र उनको ठाउँमा तृष्णालाई राखिएको शोका निर्देशक लक्ष्मण पौडेलले जानकारी दिए । कोचको रूपमा जोडिन पाउँदा आफू निकै नै उत्साहित भएको र आफ्नो तर्फबाट राम्रो दिन आफूले कुनै कसर बाँकी नराख्ने तृष्णाले बताएकी छन ।

अहिले ‘दी भ्वाइस अफ नेपाल ३’ को डिजिटल अडिसन जारी छ । डिजिटल अडिसन सकिएपछि हिमालय टेलिभिजन एचडीबाट यो शो प्रसारण हुने जनाइएको छ ।

शोमा कोचको रूपमा गायकत्रय दीप श्रेष्ठ, प्रमोद खरेल र राजु लामासँगै तृष्णा हुने छन । यसअघि टिम दीप र टिम प्रमोदका प्रतिस्पर्धीले यो शोको उपाधि जितेका थिए । पहिलो संस्करणमा सीडी विजय अधिकारी र दोस्रोमा राम लिम्बूले उपाधि जितेका थिए ।

सिजन ३ को डिजिटल अडिसनमा झण्डै ४० हजारको सहभागिता रहेको आयोजकले जनाएको छ । एक महिनासम्म चलेको अडिसनमा नेपालसहित विभिन्न देशमा बसोबास गर्ने नेपालीभाषी प्रतिभाहरूले उत्साहजनक सहभागिता जनाएका छन ।

भारत, थाइल्याण्ड, बर्मा, अस्ट्रेलिया र अमेरिकामा बसोबास गरिरहेका नेपालीमुलका प्रतिभाहरू पनि यो अडिसनमा सहभागी भएको आयोजकले जनाएको छ ।

डिजिटल अडिसनमा सहभागी प्रतिभाहरूको थप परीक्षण र छनोटपछि १२० जना प्रतिभाहरूले कोचका अगाडि ‘ब्लाइन्ड अडिसन’मा प्रस्तुति दिन पाउने छन । ब्लाइन्ड अडिसनमा कोचको कुर्सी घुमाउन सफल प्रतिभाहरूको सांगीतिक यात्रा त्यही विन्दुबाट सुरू हुनेछ । हरेक कोचको टिममा छानिएका १२ जना प्रतिभाले ‘ब्याटल राउण्ड’मा प्रतिस्पर्धा गर्ने छन ।

प्रकाशित मिति : १ माघ २०७७, बिहिबार  ८ : ५८ बजे

कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने

काठमाडौं । आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति

एनपीएलमा आज दुई खेल : सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा भिड्दै

काठमाडौं । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको