२१ बैशाख २०८३, सोमबार | May 4, 2026

आजबाट चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ प्रदर्शन



काठमाडौं । कोरोना महामारीका कारण बन्द रहेका सिनेमा हलमा करिव १० महिनापछि नयाँ चलचित्र रिलिज भएको छ ।

दिपेश सापकोटाको निर्देशनमा तयार भएको चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ आजबाट रिलिज भएको हो ।

चलचित्रमा शिव श्रेष्ठ, शक्ति श्रेष्ठ, प्रियंका कार्की, कविता मानन्धर, आयुष्मान देसराज जोशी, वर्षा राउत, संजोग कोइराला, बसुन्धरा भुषाल, आंग तेंबे शेर्पा, मिथिला शर्मा, बिष्णु चेमजोङ, रेखा फागो, नरेन खड्का, सुनिल कटुवाल, ध्रुब कोइरालालगायतको अभिनय देख्न सकिन्छ ।

चलचित्रमार्फत अभिनेता शिव श्रेष्ठका छोरा शक्त श्रेष्ठ तथा अभिनेत्री करिश्मा मानन्धरकी छोरी कविता मानन्धरले डेब्यू गरेका छन् । यशोदा राई र दिनेश दर्शनधारी चलचित्रका निर्माता हुन् ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सरकारले चैत्र ११ गतेदेखि लकडाउन गरेर सिनेमा हलहरु बन्द गरेको थियो ।

तर, लकडाउन खुलेपनि हलहरु खोल्न अनुमति नदिएपछि प्रदर्शकहरुले पौष १० गतेबाट एकतर्फी रुपमा हल खोलेका थिए । यद्यपि, सिनेमा हलले यसअघि नै प्रदर्शन भएका चलचित्रहरु प्रदर्शन गरेको थियो ।

पौष २६ गते सरकारले सिनेमा हलहरु खोल्न अनुमति दिएपछि चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ रिलिज भएको हो ।

प्रकाशित मिति : १ माघ २०७७, बिहिबार  १ : ३१ बजे

नेपाल रेडक्रसद्वारा युवा र महिलालाई नेतृत्वदायी भूमिकामा ल्याउन प्रोत्साहन

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले पालिकादेखि केन्द्रसम्मको निर्वाचनमा नेतृत्वदायी भूमिकामा

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज

ललितपुर । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै

गृहसचिवद्वारा सशस्त्र प्रहरीका महानिरीक्षक पौडेललाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौं । गृह सचिव राजकुमार श्रेष्ठले सशस्त्र प्रहरी बल नेपालका

भूमिहीनलाई घरबारविहीन नबनाइने : प्रधानमन्त्री शाह

काठमाडौं । बालेन्द्र शाह ले काठमाडौं उपत्यकाका नदीकिनार र सरकारी

उपल्लो मुस्ताङमा देखिए जङ्गली गधा

मुस्ताङ । नेपाल-चीन उत्तरी सीमाक्षेत्रअन्तर्गत उपल्लो मुस्ताङको लोमान्थाङ-१ ढालुङ र