२१ चैत्र २०८२, शनिबार | April 4, 2026

अन्तराष्ट्रिय भर्चुअल पुम्से हाई स्पिड किक तेक्वान्दो च्याम्पियनसिप माघ दोस्रो साता



काठमाडौं । नेपाल ओपन अन्तराष्ट्रिय भर्चुअल पुम्से हाई स्पिड किक तेक्वान्दो च्याम्पियनसिप माघ दोस्रो साता काठमाडौंमा हुने भएको छ ।

कोटेश्वर तेक्वान्दो डोजाङ्ग, स्युचाटार तेक्वान्दो डोजाङ्ग, मूलपानी तेक्वान्दो डोजाङ्ग, बाल गिताञ्जली स्कुल, मर्निङ्ग ग्लोरी र काभ्रेस्थली तेक्वान्दो डोजाङ्गको संयुक्त आयोजनामा प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा विश्वका २९ देशबाट १ हजार ३ सयभन्दा धेरै खेलाडी सहभागी हुने प्रतियोगिताका संयोजक एवं तेक्वान्दो मुख्य प्रशिक्षक नविन कुमार श्रेष्ठले जानकारी दिए ।

हाई स्पिड किक च्याम्पियनसिप प्रतियोगिता नेपालमै पहिलो पटक हुन लागेको हो । कोरोना भाइरसको महामारीका कारण घरैमा बस्न बाध्य भएका खेलाडीलाई लक्षित गरेर प्रतियोगिता भर्चुअल रुपमा गर्न लागिएको हो ।

प्रतियोगितामा पुम्सेतर्फ ६० र हाई स्पिड किकमा ३० गरी जम्मा ९० इभेन्टमा प्रतिस्पर्धा हुने आयोजकले जानकारी दिए । तेक्वान्दोको पुम्सेमा पुरुष महिलाको किड्समा ५/५, पिवीमा ५/५, सब जुनियरमा ५/५, क्याडेटमा ५/५, सिनियरमा १/१, यु–४० मा १/१, यु–५० मा १/१ र ६० वर्षमाथिमा १/१ गरी जम्मा ६० विधामा स्पर्धा हुनेछ ।

तीन देशका विभिन्न हिंसा पीडित तथा शरणार्थी खेलाडीलाई निःशुल्क प्रवेश गराइने आयोजकले जानकारी दिएको छ ।

प्रकाशित मिति : १ माघ २०७७, बिहिबार  ३ : ३८ बजे

यातायात व्यवस्था कार्यालय नेपालगन्जबाट ९ जना बिचौलिया प्रहरी नियन्त्रणमा

नेपालगन्ज । यातायात व्यवस्था कार्यालय, नेपालगन्जबाट सेवाग्राहीबाट पैसालिएर मध्यस्तता गरिदिने

एमाले सचिवालय बैठक : ‘बादल’को वक्तब्य सच्याइयो, प्रधानमन्त्रीलाई औपचारिक बधाई

काठमाडौँ । नेकपा (एमाले) गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा

यूएईको अबुधाबीमा क्षेप्यास्त्रका भग्नावशेष खस्दा सात नेपाली घाइते

काठमाडौं । संयुक्त अरब इमिरेट्स यूएईको राजधानी अबुधाबीमा क्षेप्यास्त्रका भग्नावशेष

नापी कार्यालय भैरहवाबाट दुई जना विचौलिया पक्राउ

भैरहवा । नापी कार्यालय भैरहवा परिसरबाट प्रहरीले दुई जना विचौलियालाई

दोस्रो सौभाग्य कपमा विजयी हुदै सम्पूर्ण क्लब क्वाटरफाईनलमा प्रवेश

बुटवल । सहिद प्रचण्ड थैव स्मृति दोस्रो सौभाग्य गोल्डकप २०८२