२२ श्रावण २०८३, शुक्रबार | August 7, 2026

भिजन लुम्बिनीमा पुन: पोखरेलकै नेतृत्व



बुटवल । भिजन लुम्बिनी पब्लीक कम्पनी लिमिटेडको नयाँ संचालक समित गठन गरिएको छ ।

कम्पनीको बुटवलमा सम्पन्न साधारण सभाले संस्थापक अध्यक्ष जगतबहादुर पोखरेललाई नै पुनः अध्यक्षमा निर्वाचित गरेको छ । कम्पनीको सञ्चालकहरुमा ई.लेखनाथ पाण्डे, कुल बहादुर केसी, बाबुराम श्रेष्ठ, दिपक शर्मा, राधेश्याम यादव, केशवराज पन्थी, गोपाल बस्याल, गिरी प्रसाद गैरे, यम प्रसाद गैरे र रिजन बज्राचार्य चयन भएका छन ।

छरिएर रहेको पुँजीलाई एकिकृत गरी सामुहिक लगानी र उच्चतम प्रतिफललाई आत्मसाथ गर्दै झण्डै एक हजार जनाको सहभागीतामा यो कम्पनी २०७३ सालमा स्थापना भएको हो ।

यसले शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, अर्थ, संचार, उर्जा गरि ९ वटा क्षेत्रमा परियोजना सञ्चालन गर्ने उद्धेश्य लिएको छ । यस अन्तर्गत २०७४ साल माघ १० गते भिजन लुम्बिनी टुर एण्ड ट्राभल्स, २०७५ आश्विन २६ गते भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेड र २०७६ भाद्र २ गते भिजन लुम्बिनी यातायात कम्पनी स्थापना गरी सञ्चालन भइरहेको छ ।

टुर एण्ड ट्राभल्सले बुटवल तथा काठमाण्डौबाट सेवा प्रवाह गरिरहेको छ भने यातायात कंपनीले मोफसलमै पहिलो पटक बुटवलबाट एसी जडित सुविधा सम्पन्न १० ओटा बस संचालन गरिरहेको छ ।

त्यसैगरी उर्जा कम्पनीले गण्डकी प्रदेश अन्तर्गत कास्कीको माछापुच्छ्रे गाउँपालिकामा २५ मेगावाटको सेतिखोला जलबिद्यूत परियोजना निर्माण गरिरहेको छ ।

कृषिको विविधिकरण र विस्तारित लगानी मार्फत् यसलाई लगानीको उपयुक्त माध्यमका रुपमा स्थापित गराउने उद्धेश्यका साथ कम्पनीले रुपन्देहीमा ६ बिगाहा ५ कट्ठा जग्गा किनेर कृषि सम्वन्धी परियोजनाको तयारी गरिरहेको छ ।

बृहत्तर सपना बोकेको महत्वकाँक्षी कम्पनीले स्वास्थ्य बिज्ञान प्रतिष्ठान गठन गरी रुपन्देहीमा २०० शैयाको ट्रमा सेन्टर संचालन गर्नका लागि बुटवल उपमहानगरपालिकासंग समन्वय गरिरहेको छ भने लघु बीमा कार्यक्रम, केवलकार, संचार प्रतिष्ठान, प्राबिधिक विश्वविद्याल यलगायत संचालन गर्ने तयारी गरिरहेको अध्यक्ष पोखरेलले जानकारी दिए । भिजनले बुटवलमा सामुहिक लगानीको अनुकरणीय अभ्यास गर्दै आइरहेको छ ।

प्रकाशित मिति : १ माघ २०७७, बिहिबार  ८ : ३८ बजे

करदाता प्रोत्साहन कार्यक्रमः शुक्रबार उपहार घोषणा गरिने

काठमाडौँ । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमको सम्पूर्ण

लक्षित वर्गका बिरामीलाई निःशुल्क उपचार गर्न ‘फोकल पर्सन’

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले लक्षित वर्गका नागरिकलाई

पच्चीस वर्षपछि यसरी नाफामा फर्कियो नेपाल औषधि लिमिटेड

काठमाडौं । एकदशक अगाडिसम्म कर्मचारीको तलब दिन नसक्ने अवस्थामा पुगेको

भारतमा मुख्यधारका सञ्चारमाध्यमप्रति अविश्वास बढ्दो

नयाँदिल्ली । भारतमा गत महिना भएको युवा नेतृत्वको विरोध प्रदर्शनले

देउवा साउन २६ मा स्वदेश फर्किने

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा साउन