१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

आजको मौसम : उच्च हिमाली क्षेत्रमा हल्का हिमपात, पूर्वी क्षेत्रमा हल्का वर्षा



काठमाडौं । हाल देशभरको मौसममा दक्षिण पूर्वी अरब सागरमा बनेको न्युन चापीय क्षेत्र तथा पूर्वी बिहारमा बनेको न्युन चापीय क्षेत्रको प्रभाव कायम रहेको छ ।

हाल देशका पहाडी भू-भागको मौसममा आंशिक बदली रहेको छ । त्यस्तै देशका तराईका भू-भागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ ।

आज काठमाडौंको न्युनतम तापक्रम ५ डिग्री सेल्सियस रहेको छ भने अधिकतम तापक्रम १९ डिग्री सेल्सियस पुग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज दिउँसो प्रदेश नं १, सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेशका धेरैजसो भू-भागहरूको मौसममा आंशिकदेखि सामान्य बदली रहने सम्भावना छ ।

त्यस्तै देशका बाँकी भू-भागको मौसममा आंशिक बदली रहने सम्भावना देखिएको छ । सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च हिमाली भू-भागका एक, दुई स्थानमा हल्का हिमपात हुने सम्भावना छ ।

त्यस्तै प्रदेश नं १ एक, दुई स्थानमा हल्का बर्षाको सम्भावना रहेको विभागले जनाएको छ । आज राती प्रदेश १ र गण्डकी प्रदेशको मौसममा आंशिकदेखि सामान्य बदली हुने सम्भावना देखिएको छ ।

देशका अन्य भू-भागको मौसममा आंशिक बदली रहने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

प्रकाशित मिति : २ माघ २०७७, शुक्रबार  ६ : ३६ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम