१७ श्रावण २०८३, आइतबार | August 3, 2026

सुन्तला सुरक्षित गर्न दम्दालमा सेलार स्टोर



जाजरकोट । कुशे गाउँपालिका-५ दम्दालस्थित ‘अग्र्यानिक’ सुन्तला भण्डारका लागि भण्डारण भवन (सेलार स्टोर) निर्माण गरिएको छ । उचित भण्डारण अभावमा उत्पादन भएको सुन्तला खेर जानबाट रोक्नका लागि भवन निर्माण गरिएको हो ।

कृषकले बर्सेनि उत्पादन गरेको सुन्तला कुहिएर खेर जान थालेपछि नोक्सान हुन नदिन प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जाजरकोटको लगानीमा स्टोर बनाइएको हो ।

सुविधासम्पन्न भण्डारण भवन निर्माण भएपछि कृषकलाई सुन्तला भण्डारण गर्न सहज भएको सुन्तला कृषक शक्तिबहादुर वलीले बताए । सुन्तला टिपेर लामो समयसम्म सुरक्षित गर्न सकिने भएकाले सेलारमार्फत स्टोर गरी कृषकको अर्थोपार्जनमा टेवा पुग्ने परियोजनाले विश्वास लिएको कार्यालयले जनाएको छ ।

परियोजनाको रु १२ लाख र प्रगतिशील युवा कृषि सहकारी संस्थाको रु १२ लाख लागतमा सेलार स्टोर निर्माण गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ, जाजरकोटका प्रमुख पिताम्बर बस्नेतले जानकारी दिए ।

सेलार स्टोरले ग्रामीण क्षेत्रमा उत्पादित सुन्तलालाई उचित भण्डारण गर्दै त्यसको गुणस्तरलाई कायम राख्न मद्दत पुग्ने बस्नेतको भनाइ छ । उचित भण्डारणको अभावमा यस क्षेत्रका कृषकले आफ्नो उत्पादन कम मूल्यमा बिक्री गर्दै आएका थिए ।

अब गाउँमै सेलार स्टोर निर्माण भएपछि सुन्तलाको माग बढेका बेला कृषकले बढी मूल्यमा सजिलै बिक्री गर्न सहज हुने प्रमुख बस्नेतको भनाइ छ । कृषिजन्य वस्तुको भण्डारण सेलार स्टोर निर्माणले यस क्षेत्रका कृषकको पुरानो मागलाई सम्बोधन गर्न महत्वपूर्ण भूमिका खेलेको गाउँपालिकाका सुन्तला व्यवसायीले बताएका छन् । गाउँमै सेलार स्टोर निर्माण भएपछि कुशेका सुन्तला कृषकमा नयाँ उत्साह पलाएको छ ।

भवनभित्र सुन्तला भण्डारण गर्न सहजताका लागि काठका र्याक निर्माण गरिएका छन् । भवनमा कृषकको मात्र सुन्तला भण्डारण गरिनेछ । कुशेमा सुन्तला उत्पादन क्षेत्र विस्तारसँगै वृद्धिमा समेत टेवा पुग्ने देखिएको छ ।

यसभन्दा अघि साना अर्थात खेर जाने सुन्तलाको जुस निकाल्ने कार्यसमेत शुरु भइसकेको छ । आउँदो आर्थिक वर्षमा सुन्तलाको पकेट रहेका सबै पालिकामा सुन्तलाको जुस बनाउने काम शुरु गर्न लागेको परियोजनाको भनाइ छ । रासस

प्रकाशित मिति : २ माघ २०७७, शुक्रबार  ८ : ४० बजे

बढ्यो पेट्रोल, डिजल र मट्टीतेलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेको

अभिभावक लक्षित स्वास्थ्य शिविर र रक्तदान, मन्त्रीले गरे रक्तदान

खजुरा । बाँकेको खजुरा स्थित अरुणोदय माध्यामिक विद्यालयले अभिभावक र

सन्तानेश्वर महादेव मन्दिर : धार्मिक पर्यटनको गन्तव्य

नेपालगन्ज । बाँकेको सन्तानेश्वर महादेव मन्दिर धार्मिक पर्यटनको गन्तव्यका रुपमा

प्रहरीको नियन्त्रणमा रहेका कर्मा समूहले यसरी मच्चाउथ्यो लुटपाट

काठमाडौँ । गत असार १३ गते बिहान करिब ४ः०० बजे

क्यान्सर अस्पतालका भौतिक पूर्वाधार निर्माणमा प्रदेश सरकारको सहकार्य हुनेछ : मन्त्री खत्री

नेपालगन्ज । लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री रत्न खत्रीले