१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

बाँकेमा राष्ट्रिय अनुसन्धान विभागका सहायक सूचकको हत्या, अर्का एकजना युवाको पनि शव फेला



नेपालगन्ज । बाँकेमा एकजना राष्ट्रिय अनुसन्धान विभागका सहायक सूचक (प्रहरी)को हत्या भएकोछ । राष्ट्रिय अनुसन्धान विभाग, बाँकेमा कार्यरत सहायक सूचक प्रवीण थापामगरको अज्ञात समूहले हत्या गरेको हो ।

नेपालगन्ज उपमहानगरपालिका-१८, कारकाँदोका स्थायी बासिन्दा २७ वर्षिय प्रविनको शुक्रबार मध्यान्ह मृत अवस्थामा शव भेटिएको हो । नेकपाका स्थानीय नेता डम्बर थापाका एकमात्र छोरा प्रविणको नेपालगन्ज लग्दहवा स्थित तोरीबारीमा शव भेटिएको थियो ।

बाँके प्रहरीका अनुसार, मृतकको शरीरमा कुटपिटको डाम देखिएको छ । घटनाको प्रकृति हेर्दा कर्तब्य गरि हत्या भएको आशंका गर्न सकिने जिल्ला प्रहरी कार्यालय बाँकेका नायव प्रहरी उपरिक्षक सुवास खड्काले बताए । बिहीबार अपरान्ह सवा पाँच बजेसम्म सम्पर्कमा रहेका प्रविण त्यसपछि सम्पर्क बाहिर रहेको पारिवारीक स्रोतले बताएको छ ।

प्रहरीका अनुसार उनको टाउकोमा गहिरो घाउचोट लागेको छ । धारिलो बस्तुले कसैले हत्या गरेर फालेको हुन सक्ने प्रहरीले आशंका गरेको छ । शुक्रबार नै मृतकको शव भेरी अस्पताल नेपालगन्जमा ल्याई पोष्टमार्टम गरिएकोछ ।

प्रहरीले जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक तथा एक जना प्रहरी निरीक्षकको नेतृत्वमा दुई वटा फरक अनुसन्धान टोली बनाई घटनाको सुक्ष्मरुपमा अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । घटनाको अनुसन्धानका लागि प्रहरीले तालिम प्राप्त कुकुर समेत परिचालन गरिसकेको छ ।

बाँकेमा आजै अर्का एकजना युवाको पनि शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बाँकेको जानकी गाउँपालिका २ को बेलभारमा अन्दाजी ३५।३६ वर्षिय पुरुषको शव भेटिएको हो ।

उनको शवलाई पोष्टमार्टमका लागि भेरी अस्पताल नेपालगन्ज लगिएको छ ।

प्रकाशित मिति : २ माघ २०७७, शुक्रबार  १० : ४४ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले