५ श्रावण २०८३, मंगलबार | July 22, 2026

बाँकेमा राष्ट्रिय अनुसन्धान विभागका सहायक सूचकको हत्या, अर्का एकजना युवाको पनि शव फेला



नेपालगन्ज । बाँकेमा एकजना राष्ट्रिय अनुसन्धान विभागका सहायक सूचक (प्रहरी)को हत्या भएकोछ । राष्ट्रिय अनुसन्धान विभाग, बाँकेमा कार्यरत सहायक सूचक प्रवीण थापामगरको अज्ञात समूहले हत्या गरेको हो ।

नेपालगन्ज उपमहानगरपालिका-१८, कारकाँदोका स्थायी बासिन्दा २७ वर्षिय प्रविनको शुक्रबार मध्यान्ह मृत अवस्थामा शव भेटिएको हो । नेकपाका स्थानीय नेता डम्बर थापाका एकमात्र छोरा प्रविणको नेपालगन्ज लग्दहवा स्थित तोरीबारीमा शव भेटिएको थियो ।

बाँके प्रहरीका अनुसार, मृतकको शरीरमा कुटपिटको डाम देखिएको छ । घटनाको प्रकृति हेर्दा कर्तब्य गरि हत्या भएको आशंका गर्न सकिने जिल्ला प्रहरी कार्यालय बाँकेका नायव प्रहरी उपरिक्षक सुवास खड्काले बताए । बिहीबार अपरान्ह सवा पाँच बजेसम्म सम्पर्कमा रहेका प्रविण त्यसपछि सम्पर्क बाहिर रहेको पारिवारीक स्रोतले बताएको छ ।

प्रहरीका अनुसार उनको टाउकोमा गहिरो घाउचोट लागेको छ । धारिलो बस्तुले कसैले हत्या गरेर फालेको हुन सक्ने प्रहरीले आशंका गरेको छ । शुक्रबार नै मृतकको शव भेरी अस्पताल नेपालगन्जमा ल्याई पोष्टमार्टम गरिएकोछ ।

प्रहरीले जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक तथा एक जना प्रहरी निरीक्षकको नेतृत्वमा दुई वटा फरक अनुसन्धान टोली बनाई घटनाको सुक्ष्मरुपमा अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । घटनाको अनुसन्धानका लागि प्रहरीले तालिम प्राप्त कुकुर समेत परिचालन गरिसकेको छ ।

बाँकेमा आजै अर्का एकजना युवाको पनि शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बाँकेको जानकी गाउँपालिका २ को बेलभारमा अन्दाजी ३५।३६ वर्षिय पुरुषको शव भेटिएको हो ।

उनको शवलाई पोष्टमार्टमका लागि भेरी अस्पताल नेपालगन्ज लगिएको छ ।

प्रकाशित मिति : २ माघ २०७७, शुक्रबार  १० : ४४ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं