५ कार्तिक २०८३, बिहिबार | October 22, 2026

छोरी हत्या अभियोगमा आमा पक्राउ



दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–३ सिद्धार्थ टोलमा ३१ दिनको छोरीलाई खाल्डोमा पुरेर हत्या गरेको अभियोगमा प्रहरीले एक महिलालाई आज पक्राउ गरेको छ । पक्राउपर्नेमा स्याङ्जाको पुतलीबजार नगरपालिका घर भई सिद्धार्थ टोलमा डेरा गरी बस्ने ३७ वर्षीया मैना थापा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

निजले प्रिन्सीका थापालाई घरबेटीको करेसाबारीमा खाल्डो खनेर पुरेको अवस्थामा उनका श्रीमान् ३६ वर्षीय गोपाल थापाले फेला पारेका थिए । उनले तत्काल शिशुलाई खाल्डोबाट निकालेर उपचारका लागि तनहुँ सेवा अस्पताल दुलेगौँडा पुर्‍याएका थिए । अस्पतालमा चिकित्सकले जाँच गर्दा साँझ ५ः४५ बजे शिशुलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक दीपककुमार कार्कीले जानकारी दिए ।

घटनाबारे सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरी टोलीले मैना थापालाई नियन्त्रणमा लिएको थियो । प्रहरीका अनुसार पक्राउ परेकी थापाले ‘डिप्रेसन’ को औषधि सेवन गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १४ जेष्ठ २०८३, बिहिबार  ९ : २२ बजे

साउदी अरबको तेल क्षेत्रमा ड्रोन आक्रमण हुँदा एक नेपालीसहित दुईको मृत्यु

काठमाडौं । साउदी अरबको तेल क्षेत्रमा ड्रोनलाई हवाई रक्षा प्रणालीले

तनहुँ हाइड्रोको जलाशयबाट प्रभावित चार झोलुङ्गे पुल पुनर्निर्माण हुने

तनहुँ । तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको

अस्ट्रेलियाको संसद् भवनमा पहिलोपटक नेपाली चलचित्र ‘एलिफेन्ट इन द फग’ प्रदर्शन गरिँदै

अस्ट्रेलियाको संसद् भवनमा पहिलोपटक नेपाली चलचित्र ‘एलिफेन्ट इन द फग’

दशैँ टीकाको दोस्रो दिन, आज पनि मान्यजनबाट टीका-जमरा ग्रहण गरिँदै

बुटवल । बडादसैँको टीकाको दोस्रो दिन आज पनि आफन्त तथा

मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

महोत्तरी । शारदीय दशहरा अर्थात् विजया दशमीका दिन मिथिलामा मनाइने