४ चैत्र २०८२, बुधबार | March 18, 2026

आजको मौसम : पहाडमा बदली, तराईमा हुस्सु, हल्का वर्षा हुनसक्ने संभावना



काठमाडौं । हाल देशमा दक्षिण पूर्वी अरब सागरमा बनेको न्यून चापीय क्षेत्र तथा पूर्वी बिहारमा बनेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हाल प्रदेश १ का पहाडी भू-भागमा सामान्य बदली रहेको छ । बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ । तराईका भू-भागमा बाक्लो हुस्सु-कुहिरो लागेको छ ।

आज दिउँसो प्रदेश नं १ मा आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जानकारी दिएको छ । त्ययैगरी प्रदेश २ , बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रहनेछ र बाँकी प्रदेशमा मौसम सफा रहने देखिन्छ । प्रदेश नं १ का एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

आज राति प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै भू-भागहरू साथै सुदूरपश्चिम प्रदेशका तराइका भू-भागहरूमा आंशिक देखि सामान्य बदली रही देशका बाँकि भू-भागमा आंशिक बदली रहनेछ ।

प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : ३ माघ २०७७, शनिबार  ७ : ०९ बजे

जग्गा विवादमा छोराले गरे आमाको हत्या

कञ्चनपुर । दोधारा–चाँदनी नगरपालिका–४ माननीय चोक निवासी हरिप्रसाद श्रेष्ठले ७५

लागुऔषधसहित सात जना पक्राउ

भद्रपुर । लागुऔषध खैरो हिरोइनसहित सात जना पक्राउ परेका छन्

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य घटेको छ ।

आगामी साता नयाँ सरकार गठन हुनसक्छ : अर्थमन्त्री खनाल

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले आउँदो हप्ताभित्र नयाँ सरकार गठन

नौ करोड दुई लाखमा बन्यो फलेवास नगरपालिकाको भवन

पर्वत । सङ्घीय सरकारको ५० प्रतिशत अनुदान र ५० प्रतिशत