७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

न्यायाधीसहरुलाई चिन्दिन, कहिल्यै भेटेको पनि छैन : प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतका न्यायाधीशहरुलाई आफुले कहिल्यै नभेटेको बताएका छन् ।

शनिबार काठमाडौंमा आफु निकट १ नं. प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले न्यायाधीसहरुलाई आफुले यसपटकमात्र नभएर कहिल्यै पनि नभेटको दाबी गरेका हुन ।

संवैधानिक इजलाससँग सम्बद्ध न्यायाधीसहरुलाई प्रधानमन्त्रीले भेट गरेको समाचार प्रकाशित भएपछि शुक्रबार इजलासमा यसबारे प्रश्न उठेको थियो । पछि सर्वोच्च अदालतले विज्ञप्ति जारी गरेर त्यो समाचार भ्रामक भएको जनाएको थियो ।

प्रधानमन्त्री ओलीले न्यायाधीस सपना प्रधान मल्ललाई वकिल हुँदा कुनै कार्यक्रममा देखेपनि अरुलाई नदेखेको र चिन्न पनि नचिनेको जिकिर गरे । नेकपाको ओली पक्षका अध्यक्ष समेत रहेका उनले भने, ‘सपना मल्ल प्रधानलाई वकिल हुँदा कुनै कार्यक्रममा देखेको हो । अरुलाई त देखेको पनि छैन । सायद चिनेको पनि छैन ।’

कार्यक्रमाम प्रधानमन्त्री ओलीले आफ्ना पूर्व सहकर्मी पुष्पकमल दाहाल प्रचण्डलाई ब्यंङ्ग गर्दै दुनिँयालाई रुवाउँदै हिँड्ने आफ्नो काम नभएको बताए ।

दुई दिन अघि प्रचण्डले काठमाडौंमै आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीलाई राजनीतिक जोक्करको संज्ञा दिँदै उनको काम मान्छे हसाँउने भएको बताएका थिए । त्यसको जवाफमा आफूहरुले अहिलेसम्म दुनियाँ रुवाएर, मान्छे मारेर वा लुटपाट गरेर कसैलाई नरुवाएको उल्लेख गर्दै उनले भने, “मैले हँसाएँ भनेर किन पीर रु नेपाली जनता खुशी हुँदा, हाँस्दा किन पिर ? रुवाउन खोजेका थियौँ । सक्दैनौँ । दिइने छैन ।”

प्रधानमन्त्री ओलीले केही मान्छेको परिभाषामा निर्वाचन हुनु देश बर्बादमा जानु हुने भन्ने खालको परिभाषा आएको देखेर आफू चकित परेको जनाए । उनले कुरा चाहिँ लोकतन्त्रको गरेर जनताको म्याण्डेड लिन डराएर सत्ता कब्जा गर्न खोज्ने प्रवृत्ति देखिएको बताए ।

ओलीले निर्वाचन नै नचाहिने र एकपल्ट पनि सूर्य चिन्हबाट निर्वाचन नलडेकाहरु पार्टीको बैठकमा नआएर अहिले सूर्य चिन्ह चाहियो भन्दै किन निर्वाचन आयोगमा पुगेको ? भनी प्रश्न गरे ।

अध्यक्ष ओलीले कोभिड–१९ विरुद्धको खोप निकट भविष्यमा आउने र त्यसपछि विकासको गतिलाई तीव्रता दिइने प्रतिबद्धता व्यक्त गरे । प्रधानमन्त्री ओलीले सरकारले शुक्रबार मात्रै सार्वजनिक गरेको ‘नागरिक एप्स’ले आधुनिक नेपाललाई अगाडि बढाउने र सुशासन वृद्धितर्फ यसले काम गर्ने जनाए ।

 

प्रकाशित मिति : ३ माघ २०७७, शनिबार  ४ : १४ बजे

हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना

काठमाडौं । आइपिएल टिम मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्ड्यालाई १२

विवादका बीच गण्डकीको प्रदेशसभाको बैठक बस्दै

गण्डकी । गण्डकी प्रदेशसभाको बैठक आज बस्दै छ । गण्डकी प्रदेशका

हेलिकोप्टर दुर्घटनामा केन्याका सेना प्रमुखको निधन

केन्या । केन्याका सैन्य प्रमुख फ्रान्सिस ओगोलाको हेलिकोप्टर दुर्घटनामा परी

युरोपा लिगको सेमिफाइनलको समीकरण पुरा

काठमाडौं । युइएफए युरोपा लिगको सेमिफाइनलको समीकरण पुरा भएको छ

आज मनकामना केबलकार बन्द

चितवन । मनकामना केबलकार आज एक दिनका लागि बन्द हुने