१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

आजको मौसम : १, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली



काठमाडौं । हाल देशको पूर्वी भू-भागमा उत्तरी बंगलादेश र त्यस आसपासमा बनेको न्युन चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ ।

हाल प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागको मौसममा आंशिकदेखि सामान्य बदली रहेको छ । देशका तराईका भू-भागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ ।

आज काठमाडौंको न्युनतम तापक्रम ७ डिग्री सेल्सियस रहने छ भने अधिकतम तापक्रम १८ डिग्री सेल्सियस रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज दिउँसो प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागहरूको मौसममा आंशिकदेखि सामान्य बदली रहने सम्भावना छ । देशका बाँकी भू-भागको मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ।

त्यसैगरी आज राती देशका पहाडी भू-भागको मौसममा आंशिक बदली रहने सम्भावना देखिएको छ । देशका बाँकी भू-भागको मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

प्रकाशित मिति : ४ माघ २०७७, आइतबार  ६ : ३३ बजे

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं । निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत

हुम्ला । राष्ट्रिय सडक सञ्जालसँग नजाडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम

बुटवलपछि बागमती प्रदेशका सरकारी कार्यालयमा पनि तीन भाषामा बडापत्र

हेटौंडा । बुटवल उपमहानगरपालिकाले आफ्नो कार्यालय परिषरमा ४ भाषामा बडापत्र

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले मुलुकको

अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग