२२ श्रावण २०८३, शुक्रबार | August 7, 2026

तिनाउ साईक्लिङद्धारा न्यानो कपडा वितरण



बुटवल । तिनाउ साईक्लिङ क्लबले बुटवलका सडक बालबालिका र विभिन्न आश्रमका आश्रितहरुलाई न्यानो कपडा वितरण गरेको छ ।

युवाहरुलाई साईकल मार्फत एकतावद्धता गर्दै स्वस्थ्य र पर्यटन प्रर्वद्धनसहित स्थापना भएको क्लबले सामाजिक उत्तरदायित्व अन्तरगत सोमबार न्यानो कपडा वितरण गरेको हो ।

सितलहर र चिसो बढेसंगै सडकपेटीमा अनाथ अपाङता भएकाहरु समस्यामा परेको समाचार आएपछि अभियानका रुपमा कार्यक्रम गरेको क्लबका अध्यक्ष अर्जुन गुरुङले बताए । क्लबका सदस्य तथा विभिन्न सहयोगदाताहरुबाट संकलन गरिएको कपडा वितरण गरिएको उनले बताए ।

कार्यक्रम गर्न क्यास्टल, नमस्ते क्याफे एण्ड रेष्टुरेन्ट, भिक्टर्स, रिफ्रेस क्याफे र झोल मम लगायत रेष्टुरेन्टहरुबाट सहयोग भएको संयोजक सुशील तुलाचनले बताए ।

योगिकुटी चोक, राजमार्ग चौराहा, मिलनचोक, ट्राफिक चोक लगायतका स्थानमा कपडा वितरण गरिएको क्लबका उपाध्यक्ष सृजन श्रेष्ठ, सचिव बिराज शाहिले बताए ।

प्रकाशित मिति : ५ माघ २०७७, सोमबार  ५ : २६ बजे

करदाता प्रोत्साहन कार्यक्रमः शुक्रबार उपहार घोषणा गरिने

काठमाडौँ । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमको सम्पूर्ण

लक्षित वर्गका बिरामीलाई निःशुल्क उपचार गर्न ‘फोकल पर्सन’

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले लक्षित वर्गका नागरिकलाई

पच्चीस वर्षपछि यसरी नाफामा फर्कियो नेपाल औषधि लिमिटेड

काठमाडौं । एकदशक अगाडिसम्म कर्मचारीको तलब दिन नसक्ने अवस्थामा पुगेको

भारतमा मुख्यधारका सञ्चारमाध्यमप्रति अविश्वास बढ्दो

नयाँदिल्ली । भारतमा गत महिना भएको युवा नेतृत्वको विरोध प्रदर्शनले

देउवा साउन २६ मा स्वदेश फर्किने

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा साउन