१५ बैशाख २०८१, शनिबार | April 27, 2024

तिनाउ साईक्लिङद्धारा न्यानो कपडा वितरण



बुटवल । तिनाउ साईक्लिङ क्लबले बुटवलका सडक बालबालिका र विभिन्न आश्रमका आश्रितहरुलाई न्यानो कपडा वितरण गरेको छ ।

युवाहरुलाई साईकल मार्फत एकतावद्धता गर्दै स्वस्थ्य र पर्यटन प्रर्वद्धनसहित स्थापना भएको क्लबले सामाजिक उत्तरदायित्व अन्तरगत सोमबार न्यानो कपडा वितरण गरेको हो ।

सितलहर र चिसो बढेसंगै सडकपेटीमा अनाथ अपाङता भएकाहरु समस्यामा परेको समाचार आएपछि अभियानका रुपमा कार्यक्रम गरेको क्लबका अध्यक्ष अर्जुन गुरुङले बताए । क्लबका सदस्य तथा विभिन्न सहयोगदाताहरुबाट संकलन गरिएको कपडा वितरण गरिएको उनले बताए ।

कार्यक्रम गर्न क्यास्टल, नमस्ते क्याफे एण्ड रेष्टुरेन्ट, भिक्टर्स, रिफ्रेस क्याफे र झोल मम लगायत रेष्टुरेन्टहरुबाट सहयोग भएको संयोजक सुशील तुलाचनले बताए ।

योगिकुटी चोक, राजमार्ग चौराहा, मिलनचोक, ट्राफिक चोक लगायतका स्थानमा कपडा वितरण गरिएको क्लबका उपाध्यक्ष सृजन श्रेष्ठ, सचिव बिराज शाहिले बताए ।

प्रकाशित मिति : ५ माघ २०७७, सोमबार  ५ : २६ बजे

पचासी लाखमा वडा कार्यालय भवन निर्माण

म्याग्दी । जिल्लाको धौलागिरि गाउँपालिका-६ मराङमा रु ८५ लाखको लगानीमा

ढकमक्क ज्याकाराण्डा

काठमाडौं । काठमाडौंको कमलपोखरी परिसर छेउमा ढकमक्क फुलेको ज्याकाराण्डा फूल

बझाङमा उत्साहपूर्वक मतदान हुँदै

बझाङ । बझाङ प्रदेशसभा निर्वाचन ९१ ० मा मतदाता उत्साहपूर्वक

आइपिएलमा कोलकोतामाथि पञ्जाबको कीर्तिमानी जित

काठमाडौं । भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति

शान्तिपूर्ण रूपमा इलाम-२ मा मतदान सुरु

इलाम । इलाम क्षेत्र-२ मा मतदान सुरु भएको छ ।