२१ बैशाख २०८३, सोमबार | May 4, 2026

तिलोत्तमा चेम्बर अफ कमर्समा सर्वसम्मत रुपमा नयां नेतृत्व चयन



बुटवल । रुपन्देहीको मणिग्राम स्थित तिलोत्तमा चेम्बर अफ कमर्समा सर्वसम्मत रुपमा नयां नेतृत्व चयन भएको छ ।

आगामी माघ १० गते हुन गईरहेको संघको तेश्रो अधिवेशनको लागि तय गरिएको निर्वाचन कार्यतालिका अनुसार अध्यक्ष लगायतका सबै पदाधिकारीमा एकएक जना र सदस्यहरुमा तोकिएको संख्यामा मात्रै उम्मेदवारी परेपछि कार्यसमिति निर्विरोध निर्वाचित भएको हो ।

यद्यपी निर्वाचन समितिले औपचारिक घोषणा भने अधिवेशन पछि नै गर्ने जनाएको छ । निर्वाचन समितिका संयोजक कृष्ण नेपालका अनुसार आगामी कार्यकालको लागि संघको अध्यक्षमा बाबुलाल भुसालको मात्र उम्मेदवारी परेको छ ।

त्यस्तै प्रथम उपाध्यक्षमा रामचन्द्र पाण्डेय द्धितिय उपाध्यक्षमा नेत्रप्रसाद न्यौपाने, महासचिवमा पुनः विष्णु बहादुर बराल क्षेत्री, कोषाध्यक्षमा बाबुराम कंडेल र सचिवमा मान बहादुर बर्माको मात्रै उम्मेदवारी परेको छ ।

त्यस्तै निर्वाचित हुने १७ जना कार्यसमिति सदस्य पदमा पनि १७ जना र एकजना लेखासमिती संयोजक र दुईजना लेखासमिति सदस्यमा मात्र उम्मेदवारी परेको छ ।

जसअनुसार कार्यसमिति सदस्यमा शित्तल ज्ञवाली, दिलमायां पुन, सुना थापा, बबीकुमारी भट्टराई, चेतनारायण विश्वकर्मा, तारा प्रसाद नेपाल, कृष्णप्रसाद भट्टराई, धातानन्द पाण्डे, रामु भण्डारी, कमल प्रसाद शर्मा कंडेल, दिपक शर्मा भुर्तेल, पेउ नारायण भुसाल, पशुपती भण्डारी, समुन्द्र श्रेष्ठ, भगवती कुमारी पाण्डे, केशव प्रसाद भुसाल र तेज प्रसाद पाण्डेको गरि १७ जनाको मात्रै उम्मेदवारी परेको छ ।

त्यसैगरि चन्द्रकान्त भण्डारीको संयोजकत्वमा ढालानन्द चालिसे र चुणामणी सुवेदी सदस्य गरि तिन सदस्यीय लेखासमिति पनि निर्विरोध भएको निर्वाचन समितिले जनाएको छ ।

संघका अध्यक्ष जेपी कंडेलले विगत सातवर्षदेखि संघको कार्यसमितिमा रही जिम्मेवारीमा रहेका पदाधिकारी तथा सदस्यहरु समेत नेतृत्वमा जान ईच्छुक भएपनि सबैलाई मिलाएर सर्वसम्मत रुपमा नेतृत्व चयन गर्न सकिएको बताए ।

संघको सातौं साधारणसभा तथा तेश्रो अधिवेशन आगामी १० गतेका लागि तय गरिएको अध्यक्ष कंडेलले बताए ।

प्रकाशित मिति : ५ माघ २०७७, सोमबार  ५ : ३३ बजे

२८ नागरिक अगुवाको निस्कर्ष – बालेन्द्र सरकार सर्वसत्तावाद उन्मुख

काठमाडौं । २८ जना नागरिक अगुवाहरूले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको

राष्ट्रपतिबाट फिर्ता अध्यादेश पुनः जारी गर्न जस्ताको त्यस्तै सिफारिस

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पुनर्विचारका लागि फिर्ता पठाएको संवैधानिक

नेपाल रेडक्रसद्वारा युवा र महिलालाई नेतृत्वदायी भूमिकामा ल्याउन प्रोत्साहन

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले पालिकादेखि केन्द्रसम्मको निर्वाचनमा नेतृत्वदायी भूमिकामा

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज

ललितपुर । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै

गृहसचिवद्वारा सशस्त्र प्रहरीका महानिरीक्षक पौडेललाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौं । गृह सचिव राजकुमार श्रेष्ठले सशस्त्र प्रहरी बल नेपालका