७ बैशाख २०८१, शुक्रबार | April 20, 2024

कृषिमा विदेशी लगानी भित्र्याउनुअघि प्रशस्त गृहकार्य आवश्यक



काठमाडौं । नेपालको कृषि क्षेत्र विकासको निम्ति विदेशी लगानी आवश्यक रहेपनि प्रशस्त गृहकार्य आवश्यक रहेको सरोकारवालाहरुले बताएका छन् ।

मंगलबार काठमाडौँमा आयोजित ‘कृषिमा विदेशी लगानी खुल्ला किन’ विषय बहस कार्यक्रममा भाग लिदैँ सरोकारवालाहरुले नेपालको कृषि क्षेत्रको विकासका निम्ति विदेशी लगानी आवश्यक भएतापनि प्रशस्त गृहकार्य बिना भित्र्याउन नहुने धारणा व्यक्त गरेका हुन् ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता श्रीराम घिमिरेले कृषिमा विदेशी लगानी चाहिएको भएपनि व्यापक गृहकार्यको आवश्यकता रहेको बताए । नेपालको कृषि क्षेत्र व्यवसायिकतातर्फ उन्मुखमात्रै भएको अवस्थामा लगानी चाहिएपनि पर्याप्त छलफल आवश्यक रहेको औंल्याए । कृषिमा विदेशी लगानीको लागि सरकारले निकै समयदेखि प्रयास गरिरहेपनि हाललाई आन्तरिक क्षमता बढाउनको निम्ति भन्दै लगानी भित्राइनसकेको उनको भनाइ छ ।

उद्योग वाणिज्य महासंघका सदस्य अरनिको राजभण्डारीले कृषिमा विदेशी लगानी भित्राउदै गर्दा नेपालका साना किसान विस्थापित हुनुनहुने धारणा राखे । नेपालमा साना किसानमा आधारित कृषि रहेको भन्दै उनले ति साना किसानलाई रोजगारीको विकल्प हुनुपर्ने बताए । यस निम्ति अध्ययन आवश्यक रहेको उनको भनाइ छ ।

डेरि एशोसियसनका महासचिव प्रल्हाद दाहालले नेपालमा कृषिको लागि लगानी भित्राउन आवश्यक नरहेको बताए । कृषिमा लगानी पहुँचवालाहरुलाई जागिर खाने बाटो मात्रै हुने टिप्पणी गर्दै उहाँले कृषिमा लगानी भित्राउने भुल नगर्न सरकारलाई सुझाव दिए ।

गोल्यान समुहका अध्यक्ष पवन गोल्यानले नेपालमा भएको उद्योगहरु विस्थापित नहुनेगरी विदेशी लगानी भित्राउनुपर्नेमा जोड दिए । विदेशी लगानीले नेपाली कृषि क्षेत्रलाई घाटा नहुने गोल्यानको भनाइ छ ।

नेपालमा कृषि क्षेत्रको विकासका निम्ति विदेशी लगानी आवश्यक भएपनि कुन क्षेत्रमा आवश्यक हो किटान साथ आउनुपर्ने तथा नेपालका साना किसानहरुको रोजिरोटी गुम्नु नुहुनेमा छलफलमा सहभागीहरुको जोड रहेको थियो ।

प्रकाशित मिति : ६ माघ २०७७, मंगलबार  ६ : ०६ बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल