१० कार्तिक २०८३, मंगलबार | October 27, 2026

सरकारी कर्मचारीको एक दिनमै ८ छाक खाना !



काठमाडौं । सामान्यता मान्छेले दिनमा कति पटक खान सक्ला ? बढीमा ३-४ पटक । दोलखाको एक सरकारी कार्यालका कर्मचारीले भने दिनमा ८ छाक खाँदा रहेछन् ।

जिल्ला समन्वय समिति दोलखाका कर्मचारी लक्ष्मी कार्की २०७७ असार ६ गते योजना अनुगमनका लागि एक दिनलाई गाडी भाडामा लिइ जिरी नगरपालिका गएकी थिइन् । त्यही दिन बेलुका फर्किएकी उनले खानाबापत ८ छाकको २ सय ७० रुपैयाँका दरले २ हजार १ सय ६० रुपैयाँ भुक्तानी लिएको पाइएको छ ।

कोष तथा लेखा नियन्त्रण कार्यालय (कोलोनिका) ले आन्तरिक लेखापरीक्षणमा यस्तो फेला पारेको हो । कार्की यसअघि असार १ र २ गते जिरी नगरपालिकाकै योजनाको अनुगमन गरेकी थिइन् ।

उनले दुई दिनमा चार कोठा लिएकी थिइने । र, १० छाक खाना खाएको देखाएकी थिइन् । त्यसबापत ९ हजार रुपैयाँ भुक्तानी लिएको पाइएको छ । उनैले २०७७ असार ३ गते तामाकोसी गाउँपालिकामा दुई दिन अनुगमन गर्दा उसरी नै चार कोठा र १० छाकको बिल पेस गरिन् ।

त्यस्तै, समन्वय समितिका कर्मचारी रविन पाण्डेले २०७७ असार २ र ३ गते कालिञ्चोक गाउँपालिका अन्तरगतका योजना अनुगमन गरेका थिए । उनले दुई दिनमा होटलका चार कोठा भाडामा लिए । १० छाक खाना खाएको बिल बनाए । त्यसबापत ७ हजार ८ सय भुक्तानी लिएका छन् । उक्त समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : ७ माघ २०७७, बुधबार  ७ : २५ बजे

कोप–३१ मा जलवायु न्यायको आवाज बुलन्द गर्न सुझाव

काठमाडौँ । जलवायु परिवर्तनसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन (कोप–३१) मा जलवायु न्यायको

सांसद काफ्लेद्वारा सभामुखसहित पाँच जनाविरुद्ध जालसाजीको मुद्दा

नेपालगन्ज । पदमुक्त गर्ने विवादित पत्रमा कीर्ते तथा जालसाजी भएको

अध्यक्ष ओलीबाट मदन भण्डारी स्मृति प्रतिष्ठानको स्मारिका लोकार्पण

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौँ । मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

एनपिएल क्रिकेटमा कर्णाली याक्सको जित

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगितअन्गर्तत आज भएको