२८ चैत्र २०८२, शनिबार | April 12, 2026

प्रचण्ड र आफुलाई ओलीले जेल हाल्ने षड्यन्त्र गरेको माधव नेपालको आरोप



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड–नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड र आफुलाई जेल हाल्ने षड्यन्त्र गरेको आरोप लगाएका छन् ।

बुधबार बिहान सम्पादकहरुसँग अन्तक्र्रिया गर्दै अध्यक्ष नेपालले षड्यन्त्रपूर्वक आफुहरुलाई जेल हाल्ने योजना बनाएको बताएका हुन् । ‘पहिलो नम्बरमा मलाई जेल कोच्ने र त्यसपछि प्रचण्डलाई जेल कोच्ने ओलीको योजना हो’,  नेपालले भने । आफुहरुको राजनीतिक जीवन सिध्याउन खोजेको भन्दै त्यस्ता षड्यन्त्रलाई परास्त गर्ने नेपालले बताए ।

नेपालले कतिपय मानिसहरुले ओली र माधव नेपाल उस्तै हुन भनेको प्रति गुनासो व्यक्त गरे । नेपालले भने, ‘केपी ओली र माधव नेपाल उस्तै हुन भन्दा मलाई पोल्छ ।’ ओलीको काम छलछाम र षड्यन्त्र बाहेक अन्य केही नभएको नेपालको आरोप थियो । आफु ओलीको षडयन्त्रबाट पहिलेदेखि नै पीडित हुँदै आएको स्मरण गर्दै उनले अहिले प्रचण्ड समेत त्यहाँ जोडिन पुगेको बताए । तर, ‘दुर्वाच्य बोलेर जवाफ दिन मलाई मन छैन’, नेपालले भने ।

अध्यक्ष नेपालले ओलीले आफ्नो गुट बनाउन जस्तोसुकै काम पनि गर्ने टिप्पणी गरे । थुक, वीर्य, खकार र डीएनए टेष्ट गरेर ओलीले गुट बनाउने गरेको उनले आरोप लगाए ।

 

 

प्रकाशित मिति : ७ माघ २०७७, बुधबार  ११ : ०५ बजे

पाकिस्तानमा इरान-अमेरिका वार्ता सुरु : इरानी सञ्चारमाध्यम

तेहरान । मध्यपूर्व युद्ध अन्त्यका लागि अमेरिकासँग इस्लामावादमा वार्ता सुरु

ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, दुई गम्भीर घाइते

सङ्खुवासभा । कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको खाँदबारी-तुम्लिुङटार सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा

मोरङमा १ अर्बको अत्याधुनिक ‘एलेक्सा लाइफसाइन्सेज’ सञ्चालनमा

मोरङको बुढीगंगा गाउँपालिका-3२ मा १ अर्ब रुपैयाँभन्दा बढीको लगानीमा अन्तर्राष्ट्रिय

चन्द्रमाको परिक्रमा गरेर फर्किए आर्टेमिस-२ का अन्तरिक्षयात्री

एजेन्सी । झण्डै पाँच दशकपछि मानवसहित चन्द्रमाको यात्रामा निस्किएको नासाको

स्रोत नखुलेको छ लाखसहित दुई जना पक्राउ

सुनसरी । कोशी गाउँपालिका-८ भण्टाबारीबाट स्रोत नखुलेको रु छ लाख