२९ पुस २०८१, सोमबार | January 14, 2025

प्रचण्ड र आफुलाई ओलीले जेल हाल्ने षड्यन्त्र गरेको माधव नेपालको आरोप



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड–नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड र आफुलाई जेल हाल्ने षड्यन्त्र गरेको आरोप लगाएका छन् ।

बुधबार बिहान सम्पादकहरुसँग अन्तक्र्रिया गर्दै अध्यक्ष नेपालले षड्यन्त्रपूर्वक आफुहरुलाई जेल हाल्ने योजना बनाएको बताएका हुन् । ‘पहिलो नम्बरमा मलाई जेल कोच्ने र त्यसपछि प्रचण्डलाई जेल कोच्ने ओलीको योजना हो’,  नेपालले भने । आफुहरुको राजनीतिक जीवन सिध्याउन खोजेको भन्दै त्यस्ता षड्यन्त्रलाई परास्त गर्ने नेपालले बताए ।

नेपालले कतिपय मानिसहरुले ओली र माधव नेपाल उस्तै हुन भनेको प्रति गुनासो व्यक्त गरे । नेपालले भने, ‘केपी ओली र माधव नेपाल उस्तै हुन भन्दा मलाई पोल्छ ।’ ओलीको काम छलछाम र षड्यन्त्र बाहेक अन्य केही नभएको नेपालको आरोप थियो । आफु ओलीको षडयन्त्रबाट पहिलेदेखि नै पीडित हुँदै आएको स्मरण गर्दै उनले अहिले प्रचण्ड समेत त्यहाँ जोडिन पुगेको बताए । तर, ‘दुर्वाच्य बोलेर जवाफ दिन मलाई मन छैन’, नेपालले भने ।

अध्यक्ष नेपालले ओलीले आफ्नो गुट बनाउन जस्तोसुकै काम पनि गर्ने टिप्पणी गरे । थुक, वीर्य, खकार र डीएनए टेष्ट गरेर ओलीले गुट बनाउने गरेको उनले आरोप लगाए ।

 

 

प्रकाशित मिति : ७ माघ २०७७, बुधबार  ११ : ०५ बजे

बाढीपहिरोबाट क्षतिग्रस्त सडक मर्मतमा तत्काल ध्यान दिन सरकारलाई अध्यक्ष प्रचण्डको आग्रह

सिन्धुपाल्चोक । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल

गुल्मीको अग्लुङ-प्युठान सीमामा जिप दुर्घटना, १२ जना घाइते

गुल्मी । गुल्मीमा जिप दुर्घटना हुँदा १२ जना घाइते भएका

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’ सम्पन्न

काठमाडौँ । नेपाली सेना र भारतीय सेना सम्मिलित संयुक्त सैनिक

मेयर कप भलिबल : उपाधिको लागि मणिमुकुन्द र गोलपार्क भिड्ने

बुटवल । माघे संक्रान्तिको अवसर पारेर बुटवलमा संचालन भएको प्रथम

विद्यालय परिषरमै सुरु भयो मदिरालय सहित बुटवल खाना महोत्सव तथा माघेसक्रान्ती मेला-२०८१ (फोटो फिचरसहित)

बुटवल । व्यापक आलोचनाका बीच बुटवलमा खाना महोत्सव तथा माघेसक्रान्ती