४ बैशाख २०८१, मंगलबार | April 16, 2024

प्रदेश १ को प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित



विराटनगर । प्रदेश नं १ को प्रदेशसभाको सातौँ तथा हिउँदे अधिवेशन अनिश्चितकालकाल लागि स्थगित भएको छ ।

प्रदेशसभा अधिवेशनको पहिलो बैठक बुधबार अपराह्न २ बजेदेखि सञ्चालन भएको थियो थियो । बैठक सुरु हुने वित्तिकै सभामुख प्रदीपकुमार भण्डारीले प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’बाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाएलगत्तै अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित गरेका हुन् ।

दिउँसो करीब २ः१० को समयमा सरु भएको बैठक तीन मिनेटपछि सभामुखले स्थगन भएको सूचना सभामा सुनाएका थिए ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपामा आएको विभाजनका कारण प्रदेशसभा बैठक प्रभावित भएको हो । नेकपाको प्रचण्ड–नेपाल पक्षले ३७ जना सांसदको हस्ताक्षरसहित मुख्यमन्त्री शेरधन राई विरुद्ध पुष १२ गते अविश्वासको प्रस्ताव दर्ता गरेको थियो ।

ओली पक्षका मुख्यमन्त्री एवं संसदीय दलका नेता राईको नेतृत्वमा बेसेको संसदीय दलको बैठकले भने प्रचण्ड नेपाल पक्षका १६ जना सांसदलाई ३ महिनाका लागि कुनै पनि संसदीय गतिविधिमा सहभागी हुन नपाउने गरी निलम्बन गरेको थियो ।

दुवै पक्षले प्रदेश सभामा एकले अर्कोलाई निषेध गर्ने रणनीति लिएपछि सभामुखले बैठक स्थगित गर्न बाध्य भएका हुन् । प्रचण्ड नेपाल पक्षले संसदीय दलको नेताबाट मुख्यमन्त्री राईलाई निष्काशन गरी भीम आचार्यलाई नेता चयन गरेको छ ।

प्रकाशित मिति : ७ माघ २०७७, बुधबार  ४ : ०६ बजे

आजबाट भैरहवामा माछापुच्छ्रे बैंकले आफ्नै भवनबाट सेवा प्रबाह

बुटवल । माछापुच्छ्रे बैंकले रुपन्देहीको भैरहवामा आफ्नै भवनबाट सेवा दिन

स्काइवाक टावरको टिकट खरिदमा प्रभु बैंक लिमिटेडका ग्राहकहरुलाई बिशेष छुट

काठमाण्डौ । प्रभु बैंक लिमिटेडका ग्राहकहरूले स्काइवाक टावरको अवलोकन भ्रमण

२ सय ७२ किलो गाँजासहित कन्टेनर र चालक नियन्त्रणमा

बुटवल । सशस्त्र प्रहरीले २७२ किलो गाजासहित ट्रक र चालकलाई

बुटवलको सिद्धार्थ कटेजलाई थ्रि स्टार स्टीकर प्राप्त

बुटवल । सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटी प्रालिद्धारा संचालित बुटवलको

सुदूरपश्चिममा एकीकृत समाजवादीको यूटर्न, लक्ष्मणकिशोरलाई दिएको समर्थन फिर्ता

धनगढी । सुदूरपश्चिममा एकीकृत समाजवादीले यस अघि लक्ष्मणकिशोर चौधरीलाई दिएको