१५ फाल्गुन २०८२, शुक्रबार | February 27, 2026

क्यान्सर अस्पताल खजुराको संकल्पकर्ता सन्त दीनदयालबाट अस्पतालको निरीक्षण



नेपालगन्ज । हिन्दु धार्मिक संस्कार अनुसार आध्यात्मिक विधिसहित उपचार सेवा दिने उद्देश्यले संकल्प गरिएको बाँकेको खजुरा स्थित सुशील कोईराला प्रखर क्यान्सर अस्पतालको अस्पतालका संकल्पकर्ता संत दीनदयालबाट अवलोकन निरीक्षण गरेका छन् ।

आध्यात्मक विधिसहित क्यान्सर पीडितहरुलाई उपचार सेवा दिने भन्दै अस्पतालको शिलान्यास भएपनि अस्पताल निर्माणका क्रममा समुदायबाट सरकारलाई हस्तान्तरण गरेपछि शिलान्यासका अवसरमा गरिएको प्रतिबद्धता अस्पताल संचालनमा आउँदा कायम हुन सकेको छैन ।

अस्पतालको प्रारम्भिक कार्य महायज्ञको माध्यमबाट संकलित रकमबाट गरिएको भएपनि अस्पताल संचालन गर्न ठूलो आर्थिक रकम आवश्यक पर्ने देखिएपछि समूदायबाट गठित समितिले अस्पताल नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो ।

संघीय सरकारको स्वामित्वमा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले अहिले क्यान्सर पीडितको लागि सेवा प्रारम्भ गरेको छ । हाल अस्पतालमा किमो थेरापी, अप्रेसन सेवा र ओपिडी सेवा संचालनमा रहेको छ ।

अस्पताल हस्तान्तरणका क्रममा अस्पताल संकल्पकर्ता संरक्षक रहेको प्रखर परोपकार मिसन नेपाल नामक संस्थाबाट ३ जना अस्पताल विकास समितिमा पदेन सदस्य रहने व्यवस्था भएपनि अस्पताल बनाउदा लिईएको उद्देश्यबाट भने अस्पताल विकास समिति पन्छिएको छ ।

दक्ष चिकित्सकबाट बिरामीको उपचारसँगै प्रत्यक वार्डमा मंगल धुन, गायत्री मन्त्र गुन्जाउने, बिरामीलाई हरेक दिन गुरु पुरोहितले स्वास्थ्य लाभको कामना सहित टिका लगाईदिने तथा बिरामीका कुरुवाहरुलाई अस्पतालको प्राङ्गनमा योग अभ्यास सहित प्रवचन हुने गरि अस्पताल संचालनको परिकल्पना गरिएको थियो ।

अस्पताल निरीक्षण गर्न पुगेका सन्त दीनदयालले अस्पताल बन्नु र सरकारले स्वामित्व लिनु खुसीको कुरा भएको बताए । उनले सरकारले नै संचालन गरेपनि अस्पताल शिलान्यास गर्दा लिईएको उद्देश्य प्राप्त गर्न सबै लाग्नु पर्ने औंल्याए ।

अस्पताल विकास समितिका अध्यक्ष भक्तबहादुर केसीले अस्पताल निर्माणको इतिहासलाई कायम गर्न आफ्नो प्रयास रहने प्रतिबद्धता ब्यक्त गरे ।

अस्पतालमा गुरु सन्त दिनदयाल जि महाराजलाई अस्पताल विकास समितिका अध्यक्ष भक्त बहादुर केसि अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर कृष्ण आचार्य लगायतले फुलमाला र खादाबाट स्वागत गरेका थिए ।

अस्पताल संचालनसँगै अस्पतालको प्रारम्भ गर्ने प्रखर परोपकार मिसन नेपाललाई भने निश्क्रिय पारिएको छ । अस्पतालको जग्गा प्राप्ती देखि महायज्ञ र प्रारम्भिक निर्माण समेत गरेको मुल समितिलाई पुनर्जिवित बनाउन आवश्यक रहेको समितिको सचिव सतिस निरौलाले बताए । ‘निर्वाचन भएको ३ वर्ष बढी भयो, न त वार्षीक साधारण सभा भएको छ, न त नियमित बैठक बसेका छन् ।’ निरौलाले भने ।

समितिका अध्यक्ष किस्मत कुमार कक्षपति खजुरा गाँउपालिका अध्यक्षमा निर्वाचित भएपछि कार्यब्यस्तता भन्दै समितिको बैठक बस्न सकेको छैन ।

प्रकाशित मिति : ७ माघ २०७७, बुधबार  ५ : ३३ बजे

पहाडी वनको ‘मदना चाँचर’ शुक्लाफाँटामा

कञ्चनपुर । जैविक विविधताले भरिपूर्ण शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पहिलोपटक ‘मदना

मतदाता आकर्षित गर्न आ-आफ्नै ‘एजेन्डा’

काठमाडौं । यसअघिका संसदीय निर्वाचनमा सिट सङ्ख्याका आधारमा निर्णायक भूमिकामा

संखुवासभा-ताप्लेजुङ सीमाक्षेत्रमा ४.७ म्याग्निच्युडको भूकम्प

काठमाडौं । संखुवासभा र ताप्लेजुङको सीमाक्षेत्रमा शुक्रबार बिहान भूकम्पको धक्का

निर्वाचन आउन ६ दिन बाँकी : निर्वाचन अवधिभर मादक पदार्थ बिक्रीवितरण तथा सेवनमा प्रतिबन्ध

काठमाडौं । निर्वाचन आयोगले आजदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म

पार्टीका उम्मेदवार विरुद्ध अन्तरघात गर्नेलाई समयमै कारबाही हुन्छ : अमर सिंह पुन

नेपालगन्ज । । नेपाली कांग्रेसको तर्फबाट बाँके क्षेत्र नम्बर ३