१२ बैशाख २०८१, बुधबार | April 24, 2024

कुवेतमा पनि पनि दुई जनामा देखियो नयाँ प्रजातिको कोरोना भाइरस



दोहा । कुवेतमा पनि दुई जनामा नयाँ प्रजातिको कोरोना भाइरसको संक्रमण भएको छ । बेलायतबाट आएका कुवेतका दुई महिलामा पीसीआर परीक्षण गर्दा नयाँ प्रजातिको कोरोना संक्रमण पुष्टी भएको कुवेतको स्वास्थ्य मन्त्रालयका प्रवक्ता अब्दुल्ला अल-सनादले बताए ।

ती दुई महिलाले बेलायतमा पीसीआर परीक्षण गर्दा कोरोना नेगेटिभ देखाएको तर, कुवेत एयरपोर्टमा परीक्षण गर्दा उनीहरुमा नयाँ प्रजातिको संक्रमण देखा परेको मन्त्रालयका प्रवक्ता अल-सनादलाई उद्धृत गर्दै कुवेत टाइम्सले जनाएको छ ।

नयाँ प्रजातिको संक्रमण देखिएसँगै कुवेतले कडा स्वास्थ्य सावधानी अपनाउन आग्रह गर्दै विशेष गरी मास्क लगाउने, हात धुने र भेलाबाट टाढा रहन अनुरोध गरेको छ ।

यद्यपि कुवेतले विगत एक महिना अघिदेखि फाइजर-बायोएनटेक कम्पनीले निर्माण गरेको कोरोनाबिरुद्धको खोप दिइरहेको छ । त्यहाँ नेपालीसहित आप्रवासी श्रमिकहरुले खोप निःशुल्क रुपमा प्राप्त गरिरहेका छन् ।

यो समाचार तयार पार्दासम्म कुवेतमा कोरोना सङ्क्रमितको संख्या १ लाख ५९ हजार २६४ पुगेको छ । उपचारपछि निको हुनेको सङ्ख्या १ लाख ५२ हजार ४२० पुगेको छ भने मृत्यु हुनेको सङ्ख्या ९५१ जना रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ८ माघ २०७७, बिहिबार  १० : ४० बजे

कर्णालीका नवनियुक्त मन्त्री परियारले लिए शपथ

सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त मन्त्री रणसिंह परियारले पद तथा

स्वदेश फर्किए कतारका अमिर शेख तमिम

काठमाडौं । मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद अल

लगानी प्रवर्द्धनका लागि अध्यादेशमार्फत कानुनको संसोधन स्वागतयोग्य : महासंघ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले सरकारले लगानी प्रवर्द्धनका लागि

नेपाल र कतारबीच विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी

काठमाडौं । नेपाल र कतारबीच कला संस्कृति, शिक्षा, सञ्चार, युवा

काठमाडौं आइपुग्यो वेस्ट इन्डिज ए टिम

काठमाडौं । वेस्ट इन्डिज ए टिम काठमाडौं आइपुगेको छ ।