२१ बैशाख २०८३, सोमबार | May 4, 2026

कुवेतमा पनि पनि दुई जनामा देखियो नयाँ प्रजातिको कोरोना भाइरस



दोहा । कुवेतमा पनि दुई जनामा नयाँ प्रजातिको कोरोना भाइरसको संक्रमण भएको छ । बेलायतबाट आएका कुवेतका दुई महिलामा पीसीआर परीक्षण गर्दा नयाँ प्रजातिको कोरोना संक्रमण पुष्टी भएको कुवेतको स्वास्थ्य मन्त्रालयका प्रवक्ता अब्दुल्ला अल-सनादले बताए ।

ती दुई महिलाले बेलायतमा पीसीआर परीक्षण गर्दा कोरोना नेगेटिभ देखाएको तर, कुवेत एयरपोर्टमा परीक्षण गर्दा उनीहरुमा नयाँ प्रजातिको संक्रमण देखा परेको मन्त्रालयका प्रवक्ता अल-सनादलाई उद्धृत गर्दै कुवेत टाइम्सले जनाएको छ ।

नयाँ प्रजातिको संक्रमण देखिएसँगै कुवेतले कडा स्वास्थ्य सावधानी अपनाउन आग्रह गर्दै विशेष गरी मास्क लगाउने, हात धुने र भेलाबाट टाढा रहन अनुरोध गरेको छ ।

यद्यपि कुवेतले विगत एक महिना अघिदेखि फाइजर-बायोएनटेक कम्पनीले निर्माण गरेको कोरोनाबिरुद्धको खोप दिइरहेको छ । त्यहाँ नेपालीसहित आप्रवासी श्रमिकहरुले खोप निःशुल्क रुपमा प्राप्त गरिरहेका छन् ।

यो समाचार तयार पार्दासम्म कुवेतमा कोरोना सङ्क्रमितको संख्या १ लाख ५९ हजार २६४ पुगेको छ । उपचारपछि निको हुनेको सङ्ख्या १ लाख ५२ हजार ४२० पुगेको छ भने मृत्यु हुनेको सङ्ख्या ९५१ जना रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ८ माघ २०७७, बिहिबार  १० : ४० बजे

खजुरा क्षेत्रको राजमार्ग फराकिलो बनाउन माग गर्दै स्थानीयबासीको ज्ञापनपत्र

खजुरा । बाँके खजुराका स्थानीयबासीले नेपालगन्ज-गुलरिया सडक खण्डको खजुरा बजार

पूर्वतिर सर्दै हुरीबताससहित भारी वर्षा गराउने प्रणाली, उपत्यकामा वर्षा हुँदै

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले हुरीबताससहित भारी वर्षा

बुटवलमा दोस्रो संस्करणको राष्ट्रिय महिला फुटबल प्रतियोगिता बैशाख २६ गतेदेखी

बुटवल । बीस पचहत्तर युवा परिवार बुटवलको आयोजनामा दोस्रो संस्करणको

संविधान संशोधन कार्यदलले पूर्वराष्ट्रसेवकसँग छलफल गर्दै

काठमाडौं । संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले

लुम्बिनी प्रदेश सरकारको नयाँ प्रशासनिक भवनबाट सेवा सुरु

दाङ । लुम्बिनी प्रदेश सरकारले नवनिर्मित प्रशासनिक भवनबाट औपचारिक रूपमा