७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

ललितपुरको बालकुमारीमा बिहानै एकजना पुरुष झुण्डिएको अवस्थामा फेला



काठमाडौं । ललिपुरको बालकुमारीमा एक जना पूरुष मृत अवस्थामा फेला परेका छन् ।

बिहीबार बिहान साढे ८ बजेको समयमा ती पुरुष पुलको मुखमा रिलिङमा डोरी लगाएर झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार स्थानीयले उद्दार गर्दा उनको मृत्यु भईसकेको थियो ।

प्रहरीका अनुसार ती व्यक्ति सडक किनारको रेलिङमा झुण्डिएको अवस्थामा फेला महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरका डीएसपी दक्ष कुमार बस्नेतले जानकारी दिए ।

स्थानीय बासिन्दाका अनुसार, उनी फोहोर उठाउने काम गर्ने व्यक्ति हुन् । उनलाई स्थानीय बासिन्दा ‘रमाइलो’ नामले चिन्दथे । उनको खास पहिचान भइनसकेको प्रहरीले बताएको छ ।

बिहानभर पुलमा धेरैपटक ओहोर(दोहोर गरेको र उनले डोरीको पासो लगाएर रिलिङमा झुण्डिएको स्थानीय बासिन्दाले देखेर प्रहरीलाई खबर गरेका थिए । सडकमा फ्याँकीएको फोहोर उठाउँदै आएको व्यक्ति झुण्डिएको अवस्थामा भेटिएको डीएसपी बस्नेतले बताए ।

‘प्रहरी घटनास्थलमा पुगेको छ, अनुसन्धान गरिरहेका छौं’, डीएसपी बस्नेतले भने, ‘स्थानीयले रमाइलो नामले चिन्ने ती पुरुष धेरैपटक पुलमा ओहोरदोहोर गरेपछि रेलिङमा झुण्डिएको स्थानीयले हामीलाई जानकारी दिएका छन् ।’

प्रहरीका अनुसार, उनी अत्यधिक मादक पदार्थ सेवन गर्ने र सडकमा फोहोर उठाउने ब्यक्ति हुन् । स्थानीयले केहि महिना पहिले सुधार केन्द्रमा पठाएपनि सुधार केन्द्रबाट निस्केपछि उनीमा सुधार नआएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ८ माघ २०७७, बिहिबार  १० : ५७ बजे

प्रतिपक्षले बहिष्कार गरेपछि गण्डकी प्रदेश सभा बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित

पोखरा । गण्डकी प्रदेश सभाको बैठकमा प्रतिपक्षी बेन्च खाली भएपछि

गत वर्ष सडकमार्गबाट चार लाख पर्यटक मुस्ताङ पुगे

म्याग्दी । अघिल्लो वर्षको वैशाख १ देखि चैत ३० गतेसम्म

सुप्रिम सहकारी ठगी प्रकरण : अध्यक्ष गुरुङलाई जेल, ६ जनालाई धरौटीमा छोड्न आदेश

बुटवल । बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले

युएई एसीसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित

काठमाडौं । एसीसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत आज

कोशीमा संकल्प प्रस्ताव बहुमतले पारित, प्रस्तावको पक्षमा ५२ मत

विराटनगर । कोशी प्रदेशबाट संकल्प प्रस्ताव पारित भएको छ ।