७ आश्विन २०८३, बुधबार | September 23, 2026

भारतले दिएको अनुदानको १० लाख डोज कोरोना खोप नेपाल आइपुग्यो



काठमाडौं । भारतले अनुदानमा दिएको कोरोना भाइरस विरुद्धको खोप नेपाल आइपुगेको छ ।

भारतको सिरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको कोभिसिल्ड खोप एयर इन्डियाको विमानमार्फत नेपाल आइपुगेको हो । स्वास्थ्य मन्त्रालयल र भारतीय दूतावासले बुधबार मात्रै पत्रकार सम्मेलन गरी अनुदानको खोप बिहीबार आइपुग्ने जानकारी गराएका थिए ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सो खोप भारतले नेपाललाई हस्तान्तरण गरेको छ ।

टेकुस्थित राष्ट्रिय प्रयोगशालाको भण्डारण कक्षमा तीन चार दिन राखेर सातै प्रदेशमा वितरण गर्ने योजना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । खोप वितरणको जिम्मा स्वास्थ्य सेवा विभागले लिएको छ ।

भारतले दिएको खोप फ्रन्टलाईनमा खटिएका ४ लाख मानिसलाई लगाउने सरकारको तयारी छ।  फ्रन्टलाइनमा खटिने सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, सफाइकर्मी, एम्बुलेन्स चालकहरूले पहिलो चरणमा सो खोप लगाउने छन् । दुई डोज लगाउनुपर्ने सो खोप २१ दिनको फरकमा लगाइने मन्त्रालयले जनाएको छ ।

भारतले खोप कुटनीतिअन्तर्गत आफ्ना छिमेकीलाई अनुदानमा खोप वितरण गरेको छ । मालदिभ्स, बंगलादेश, नेपाल र भुटानले अनुदानमा खोप प्राप्त गरेका छन् ।

 

 

प्रकाशित मिति : ८ माघ २०७७, बिहिबार  १२ : १८ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११