४ बैशाख २०८१, मंगलबार | April 16, 2024

टी–१० क्रिकेट लिग खेल्न पारस, कुशल र करण युएईतर्फ



काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का, कुशल मल्ल र करण केसी युनाइटेड अरब इमिरेट्स (युएई)तर्फ प्रस्थान गर्नुभएको छ । उनीहरु टी–१० लिग क्रिकेट खेल्न बिहीबार साँझ युएईतर्फ गएका हुन् ।

खड्का टी–१० टिम आबुधाबीको इमर्जिङ ट्यालेन्ट मेन्टरको भूमिकामा रहनेछन्। यस्तै मल्लले आबुधाबी टोलीबाट तथा केसीले पुने डेभिल्स टोलीबाट प्रतियोगिता खेल्नेछन् । टी–१० लिग खेल्न नेपालका अर्का खेलाडी सोमपाल कामी यसअघि नै युएई जानुभएको छ । उनले अरेबियन्स टोलीबाट खेल्नेछन्।

टी–१० लिगका कारण खड्काबाहेक तीन जनाले हाल जारी प्रधानमन्त्री कप पुरुष एकदिवसीय प्रतियोगितामा सहभागिता जनाएनन् । खड्काले भने एउटा खेल खेल्नुभएको थियो । टी–१० लिग यही माघ १५ देखि २४ गतेसम्म सञ्चालन हुनेछ ।

प्रकाशित मिति : ९ माघ २०७७, शुक्रबार  १० : २८ बजे

चैतेदशैँको अवसरमा बिहानैदेखि बागलुङ कालिका मन्दिरमा भक्तजनको घुइँचो

बागलुङ । आज चैतेदशैँ । बिहानदेखि नै बागलुङ कालिका मन्दिरमा

सडकमा निर्माण सामग्री छाड्नेलाई कारबाही गर्ने काठमाडौं महानगरको चेतावनी

काठमाडौं । काठमाडौं महानगरपालिकाले सडक तथा सडकपेटीजस्ता सार्वजनिकस्थलमा निर्माणको काम

भद्रपुर-इलाम-सलकपुर सडक कालोपत्र गरिँदै

झापा । भद्रपुर नगरपालिकाबाट इलामको सलकपुर जोड्ने सडक धमाधम कालोपत्र

आज चैतेदशैँ, शक्तिस्वरुपा देवीको पूजा आराधना गरिँदै

काठमाडौं । चैत्र शुक्ल अष्टमी अर्थात् चैतेदशैँ। ​शक्तिस्वरूपा भगवतीको आराधना

दैजी-जोगबुढा सडक निर्माण कछुवा गतिमा

कञ्चनपुर । विसं २०७४ मा ठेक्का सम्झौता भई सुरु भएको