१५ असार २०८३, सोमबार | June 30, 2026

प्रचण्ड-नेपाल नेकपाको बृहत प्रदर्शन अगावै काठमाडौंको ट्राफिक व्यवस्था अस्तव्यस्त



काठमाडौं । प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाले आयोजना गर्न लागेको बृहत प्रदर्शनका कारण राजधानी काठमाडौंको ट्राफिक व्यवस्था अस्तव्यस्त भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा नेकपाले आज काठमाडौंमा शक्ति प्रदर्शन गर्न लागेको हो ।

प्रदर्शनमा सहभागी हुन विभिन्न स्थानबाट जुलुस जम्मा हुन थालेलगत्तै ट्राफिक व्यवस्था बिथोलिएको हो । ट्राफिक प्रहरीले जुलुस निस्किने र हिँड्ने बाटोलाई छोडेर बैकल्पिक बाटो प्रयोग गर्न सडकप्रयोगकर्ताहरुलाई सुझाव दिएको छ ।

जुलुस निस्कनु अघि नै ट्राफिकले रिङरोडभित्र ठूला यातायातका साधनलाई प्रवेशमा रोक लगाइसकेको छ । ट्राफिक व्यवस्था अस्तव्यस्त भएपछि काम बिशेषले निस्किएका सर्वसाधारण र कर्मचारीहरु भने अलपत्र परेका छन् ।

नेकपाले राजधानीका ९ स्थानबाट जुलुस प्रदर्शन गर्दैछ । नेकपाका स्थायी कमिटी सदस्यसहितका नेताहरुको अगुवाईमा लैनचौर, त्रिचन्द्र कलेज, डिल्लीबजार, माइतीघर, त्रिपुरेश्वर, कुपण्डोल, प्रदर्शनीमार्ग, शान्तिवाटिका र बाल्मिकी क्याम्पसबाट जुलुस निस्किँदैछ ।

सबै जुलुस रत्नपार्कमा पुगेपछि केन्द्रिकृत रुपमा भृकुटी मण्डपमा पुगेर आमसभामा परिणत हुँदैछ । आमसभालाई अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल लगायतका शिर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

आजको शक्ति प्रदर्शनलाई प्रभावकारी बनाउन नेकपाले काठमाडौं ललितपुर भक्तपर र आसपासका छिमेकी जिल्लाहरुबाट कार्यकर्ता ओसारेको छ । यसअघि नेकपाले गत पुष १४ गते प्रदर्शन गरेको थियो ।

 

 

प्रकाशित मिति : ९ माघ २०७७, शुक्रबार  ११ : ५५ बजे

पर्यटन प्रवद्र्धन र युवा-मैत्री नीति बनाउन होटल व्यवसायीको आग्रह

बुटवल । रुपन्देहीका होटल व्यवसायीहरूले पर्यटन क्षेत्रलाई चलायमान बनाउन र

विष्णु पौडेललाई पुनः म्याद थपका लागि विशेष अदालतमा उपस्थित गराइयो

काठमाडौं । पूर्वमन्त्री तथा नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति

मंगलाघाटमा बस्ती संरक्षण योजना कार्यान्वयमा

म्याग्दी । म्याग्दी नदीको बाढी र कटानको जोखिममा रहेको बेनी

असार १५ : जुजु धौको माग उच्च

भक्तपुर । आज असार १५, नेपाली संस्कृति र परम्पराअनुसार आजको

राष्ट्रिय धान दिवस : ‘ड्रोन’ मार्फत मल छरेर ‘मेसिन’ मार्फत रोपियो धान

पाटन । ‘ड्रोन’ मार्फत मल छरेर ‘मेसिन’ मार्फत धान रोप्दै