१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

प्रचण्ड-नेपाल नेकपाको बृहत प्रदर्शन अगावै काठमाडौंको ट्राफिक व्यवस्था अस्तव्यस्त



काठमाडौं । प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाले आयोजना गर्न लागेको बृहत प्रदर्शनका कारण राजधानी काठमाडौंको ट्राफिक व्यवस्था अस्तव्यस्त भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा नेकपाले आज काठमाडौंमा शक्ति प्रदर्शन गर्न लागेको हो ।

प्रदर्शनमा सहभागी हुन विभिन्न स्थानबाट जुलुस जम्मा हुन थालेलगत्तै ट्राफिक व्यवस्था बिथोलिएको हो । ट्राफिक प्रहरीले जुलुस निस्किने र हिँड्ने बाटोलाई छोडेर बैकल्पिक बाटो प्रयोग गर्न सडकप्रयोगकर्ताहरुलाई सुझाव दिएको छ ।

जुलुस निस्कनु अघि नै ट्राफिकले रिङरोडभित्र ठूला यातायातका साधनलाई प्रवेशमा रोक लगाइसकेको छ । ट्राफिक व्यवस्था अस्तव्यस्त भएपछि काम बिशेषले निस्किएका सर्वसाधारण र कर्मचारीहरु भने अलपत्र परेका छन् ।

नेकपाले राजधानीका ९ स्थानबाट जुलुस प्रदर्शन गर्दैछ । नेकपाका स्थायी कमिटी सदस्यसहितका नेताहरुको अगुवाईमा लैनचौर, त्रिचन्द्र कलेज, डिल्लीबजार, माइतीघर, त्रिपुरेश्वर, कुपण्डोल, प्रदर्शनीमार्ग, शान्तिवाटिका र बाल्मिकी क्याम्पसबाट जुलुस निस्किँदैछ ।

सबै जुलुस रत्नपार्कमा पुगेपछि केन्द्रिकृत रुपमा भृकुटी मण्डपमा पुगेर आमसभामा परिणत हुँदैछ । आमसभालाई अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल लगायतका शिर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

आजको शक्ति प्रदर्शनलाई प्रभावकारी बनाउन नेकपाले काठमाडौं ललितपुर भक्तपर र आसपासका छिमेकी जिल्लाहरुबाट कार्यकर्ता ओसारेको छ । यसअघि नेकपाले गत पुष १४ गते प्रदर्शन गरेको थियो ।

 

 

प्रकाशित मिति : ९ माघ २०७७, शुक्रबार  ११ : ५५ बजे

एकल र साझा अधिकार सूचीमा रहेका कानुनहरू तीनै तहका सरकारले छिटो बनाउनुपर्छ : प्रदेशमन्त्री श्रेष्ठ

हेटौँडा । बागमती प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा

गुणस्तरीय स्वास्थ्य–शिक्षा उपलब्ध गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

मोरङ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गुणस्तरीय स्वास्थ्य र शिक्षामा

एक किलो ७६८ ग्राम सुन र एक करोड बढी रकमसहित सात जना पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले एक किलो

प्रधानमन्त्रीसँग एडिबीका उपाध्यक्षको शिष्टाचार भेट

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग एसियाली विकास बैंक (एडिबी)

कृषि मन्त्रालयका सहसचिव बर्खास्त

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा. कमलराज