१५ बैशाख २०८१, शनिबार | April 27, 2024

आजको मौसम : पहाडमा हिमपात, तराईमा हुस्सु र कुहिरो, केही स्थानमा वर्षा हुने संभावना



काठमाडौं । देशका अधिकांश स्थानमा शनिबारको मौसममा आंशिकदेखि सामान्य बदली रहले जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केही स्थानमा पानी पर्ने सम्भावना रहेको मौसमविदले बताएका छन ।

सुदूरपश्चिम, कर्णाली, र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली तथा प्रदेश १ र बागमती प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहने महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।

यस बाहेक बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन ।

शनिबार राति सुदूरपश्चिम, कर्णाली, र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली तथा प्रदेश १ र बागमती प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहने छ ।

सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागका एक र दुई स्थानमा शनिबार राति हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

अहिले बिहान सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको र तराईका भूभागहरुमा हुस्सु र कुहिरो लागेको छ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको मौसमविदले बताएका छन ।

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । देशको उच्च पहाडी भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको तथा तराईका केही स्थानहरुमा बिहानीपख हुस्सु र कुहिरो समेत लाग्ने सम्भावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित मिति : १० माघ २०७७, शनिबार  ७ : ०० बजे

शान्तिपूर्ण रूपमा इलाम-२ मा मतदान सुरु

इलाम । इलाम क्षेत्र-२ मा मतदान सुरु भएको छ ।

नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी-२० सिरिजको पहिलो खेल आज

काठमाडौं । नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी-२० सिरिजको

आज इलाम र बझाङमा उपनिर्वाचन

काठमाडौं । आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ । इलाम-२

कस्तो छ आजको मौसम ?

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं । निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको