७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

प्राकृतिक ग्यास ल्याउन अध्ययन



काठमाडौं । भारतको गोरखपुरदेखि नेपालको रुपन्देहीको सुनौलीसम्म अन्तरदेशीय प्राकृतिक ग्यास (लिक्युफाइड नेचुरल ग्यास) पाइपलाइन बिछ्याउन दोस्रो चरणको अध्ययन सुरु भएको छ ।

नेपाल आयल निगमका नायब कार्यकारी निर्देशक सुशील भट्टराईले मुलुकमा रासायनिक मलको कारखाना सञ्चालन गर्न चाहिने कच्चा पदार्थको रूपमा रहेको प्राकृतिक ग्यास आयात गर्न ग्यास पाइप बिछ्याउन अहिले निगमले दोस्रो चरणको अध्ययन सुरु गरेको जानकारी दिए ।

यसअघि नेपाल आयल निगम र भारतीय आयल निगमले संयुक्त रूपमा अध्ययन गरी सोको प्रतिवेदन निगमलाई बुझाइसकेको छ । पहिलो चरणको अध्ययन प्रतिवेदनले मल कारखानामा प्राकृतिक ग्यासको प्रयोगबारे स्पष्ट गर्न नसकेकाले दोस्रो चरणको अध्ययन सुरु गरिएको भट्टराईले बताए ।

छ महिनाभित्र प्रतिवेदन तयार गर्ने लक्ष्यसहित दोस्रो चरणको अध्ययन निगमले गरिरहेका छ । सबै दृष्टिले उपयुक्त देखिएको अवस्थामा प्रस्तावित यो पाइपलाइन निर्माणमा आयल निगम लगानी गर्न तयार रहेको उनले स्पष्ट पारे । उक्त समाचार आजको गोरखापत्रमा छापिएको छ ।

प्रकाशित मिति : १० माघ २०७७, शनिबार  ७ : १४ बजे

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल

अस्ट्रेलियामा पुरुष हिंसाको सङ्कट छ- महान्यायाधिवक्ता

क्यानबेरा । अस्ट्रेलियाका महान्यायाधिवक्ता मार्क ड्रेफसलले मुलुक पुरुष हिंसाको सङ्कटमा