२३ आश्विन २०८३, शुक्रबार | October 9, 2026

सक्सेस स्लो बाईक प्रतियोगिताको उपाधी आशिष श्रेष्ठलाई



नेपालगञ्ज । तिब्र गतिमा मोटरसाइकल चलाउने कार्यलाई निरुत्साहित गरेर दुर्घटनालाई न्यूनिकरण उदेश्यले शुक्रबार नेपालगञ्जमा आयोजना गरिएको स्लो बाईक प्रतियोगिताको प्रथम उपाधी आशिष श्रेष्ठले हात पारेका छन् ।

सक्सेस फोरम, नेपालगञ्जको आयोजना र जिल्ला ट्राफिक प्रहरी कार्यालयको सहकार्यमा गरिएको सो प्रतियोगितामा रितेस मल्ल द्धितिय, सन्दीप यादव तृतिय भएका छन् भने राजु नागले सान्त्वना पुरस्कार हात पार्न सफल भएका छन् । प्रतियोगितामा अम्बिका काफ्लेलाई उत्कृष्ट महिला चालक घोषित गरिएको छ ।

ट्राफिक नियममा रहेर सावधानी पुर्वक मध्यम गतिमा सवारी साधन चलाउने सन्देश प्रवाह गर्न आयोजना गरिएको सो स्लो बाईक प्रतियोगिताको उदघाटन पुर्व मन्त्री तथा बाँके क्षेत्र नम्बर २ का संघिय सांसद मोहम्मद ईश्तियाक राईले गरेका थिए ।
उनले पछिल्लो समयमा तिव्र गतिका कारण दुर्घटनाहरु अत्याधिक बढेको हुँदा यस्ता प्रतियोगिताले ट्राफिक नियमको पालना र धेरै तिव्र गतिमा बाईक चलाउन नहुने सन्देश दिने बताए ।

साथै यस प्रकारका जनचेतनामूलक कार्यक्रमहरु निरन्तर रुपमा भैरहनु पर्ने कुरामा जोड दिंदै पुर्वमन्त्री राईले मोटरसाइकल चालकहरुले ट्राफिक नियम र गतिमा ध्यान दिए मात्रै आधा भन्दा कम दुर्घटना रोकिने बताए ।

सो अवसरमा प्रतियोगिता आयोजक सक्सेस फोरमका संस्थापक अध्यक्ष सीता बोहराले दुर्घटना न्यूूनिकरणमा सहयोग पुरयाउने उदेश्यले आफुहरुले गत ६ वर्षदेखि यो कार्यक्रम हरेक वर्ष गरिरहेको जानकारी दिएकी थिईन ।

प्रतियोगितामा १०५ जना युवाहरूको सहभागीता रहेको आयोजक फोरमले जनाएको छ ।

प्रतियोगितामा विजेतालाई १० हजार १०० द्धित्तिय हुनेलाई ५ हजार १०० तृतिय हुनेलाई ३ हजार १०० र सान्त्वना हुनेलाई २ हजार १०० नगद पुरस्कार प्रदान गरिएको थियो । पुरस्कार वितरण बाँकेका प्रहरी प्रमुख एसपी ओम बहादुर रानाले गरेका थिए ।

प्रकाशित मिति : १० माघ २०७७, शनिबार  ७ : ४४ बजे

कक्रोच जनता पार्टीको आन्दोलन चर्कियो, दिल्लीमा २० हजारभन्दा बढी प्रहरी तैनाथ

काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीमा कक्रोच जनता पार्टीले फेरि

सशस्त्र एआईजी दाहाललाई सेवाबाट बर्खास्ती सम्मको सिफारिस

काठमाडौं । सशस्त्र प्रहरी बलका निलम्बित एआईजी वंशीराज दाहाललाई कारबाहीको

लुम्बिनीमा प्रादेशिक फोहोरमैला व्यवस्थापन नीति बनाउने पहल

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले फोहोरमैला व्यवस्थापनलाई व्यवस्थित, वैज्ञानिक र

कोरलानाकाबाट ५४३ टन फलफूल आयात, कन्टेनरभित्रै थन्किँदा कुहिने जोखिम

मुस्ताङ । चीनबाट एघार दिनको अवधिमा पाँच सय ४३ टन

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।