२० मंसिर २०८२, शनिबार | December 6, 2025

सक्सेस स्लो बाईक प्रतियोगिताको उपाधी आशिष श्रेष्ठलाई



नेपालगञ्ज । तिब्र गतिमा मोटरसाइकल चलाउने कार्यलाई निरुत्साहित गरेर दुर्घटनालाई न्यूनिकरण उदेश्यले शुक्रबार नेपालगञ्जमा आयोजना गरिएको स्लो बाईक प्रतियोगिताको प्रथम उपाधी आशिष श्रेष्ठले हात पारेका छन् ।

सक्सेस फोरम, नेपालगञ्जको आयोजना र जिल्ला ट्राफिक प्रहरी कार्यालयको सहकार्यमा गरिएको सो प्रतियोगितामा रितेस मल्ल द्धितिय, सन्दीप यादव तृतिय भएका छन् भने राजु नागले सान्त्वना पुरस्कार हात पार्न सफल भएका छन् । प्रतियोगितामा अम्बिका काफ्लेलाई उत्कृष्ट महिला चालक घोषित गरिएको छ ।

ट्राफिक नियममा रहेर सावधानी पुर्वक मध्यम गतिमा सवारी साधन चलाउने सन्देश प्रवाह गर्न आयोजना गरिएको सो स्लो बाईक प्रतियोगिताको उदघाटन पुर्व मन्त्री तथा बाँके क्षेत्र नम्बर २ का संघिय सांसद मोहम्मद ईश्तियाक राईले गरेका थिए ।
उनले पछिल्लो समयमा तिव्र गतिका कारण दुर्घटनाहरु अत्याधिक बढेको हुँदा यस्ता प्रतियोगिताले ट्राफिक नियमको पालना र धेरै तिव्र गतिमा बाईक चलाउन नहुने सन्देश दिने बताए ।

साथै यस प्रकारका जनचेतनामूलक कार्यक्रमहरु निरन्तर रुपमा भैरहनु पर्ने कुरामा जोड दिंदै पुर्वमन्त्री राईले मोटरसाइकल चालकहरुले ट्राफिक नियम र गतिमा ध्यान दिए मात्रै आधा भन्दा कम दुर्घटना रोकिने बताए ।

सो अवसरमा प्रतियोगिता आयोजक सक्सेस फोरमका संस्थापक अध्यक्ष सीता बोहराले दुर्घटना न्यूूनिकरणमा सहयोग पुरयाउने उदेश्यले आफुहरुले गत ६ वर्षदेखि यो कार्यक्रम हरेक वर्ष गरिरहेको जानकारी दिएकी थिईन ।

प्रतियोगितामा १०५ जना युवाहरूको सहभागीता रहेको आयोजक फोरमले जनाएको छ ।

प्रतियोगितामा विजेतालाई १० हजार १०० द्धित्तिय हुनेलाई ५ हजार १०० तृतिय हुनेलाई ३ हजार १०० र सान्त्वना हुनेलाई २ हजार १०० नगद पुरस्कार प्रदान गरिएको थियो । पुरस्कार वितरण बाँकेका प्रहरी प्रमुख एसपी ओम बहादुर रानाले गरेका थिए ।

प्रकाशित मिति : १० माघ २०७७, शनिबार  ७ : ४४ बजे

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय