११ बैशाख २०८१, मंगलबार | April 23, 2024

दोस्रो उपमेयर रनिङ शिल्ड खुल्ला महिला भलिबल प्रतियोगिता २०७७,कुवरवर्ति, न्यु होराईजन, एभरेस्ट रेड र एभरेष्ट वाईट अन्तिम चारमा



बुटवल । तिलोत्तमा जारी दोस्रो उपमेयर रनिङ शिल्ड खुल्ला महिला भलिबल प्रतियोगिता २०७७ मा सेमीफाईनल खेल्ने अन्तिम चार टिमको टुगो लागेको छ । तिलोत्तमा नगर खेलकुद विकास समितिको आयोजना तथा मणिमुकुन्द भलिबल क्लबको संयोजकत्वमा शनिबार भएको लिग कम नकआउटको आधारमा खेलाईएको खेलमा विजयी हुँदै कुवरवर्ति मावि, न्यु होराईजन स्पोर्ट्स क्लब, एभरेस्ट मावि (रेड) र एभरेस्ट मावि (वाईट) अन्तिम चारमा स्थान बनाएको हो ।

योगिकुटीस्थित मणिमुकुन्द भलिबल कोर्टमा भएको पहिलो क्वाटरफाइनल खेलमा डिफेन्डिङ च्याम्पियन कुवरवर्ति माविले नवीन आधौगिक माविलाई २–० को सेटमा पराजित गर्दै अन्तिम चारमा स्थान बनायो । यसैगरि दोस्रो क्वाटरफाइनल खेलमा न्यु होराईजन स्पोर्ट्स क्लबले दिप बोर्डिङ स्कुललाई २–० को सोझो सेट, तेस्रो क्वाटरफाइनल खेल एभरेष्ट वाईटले नवज्योती माविलाई २–० को सोझो सेट तथा एभरेस्ट रेडले श्रीनगर स्पोर्ट्स क्लब पाल्पालाई २–० को सोझो सेटमा पराजित गरेका हुन ।

आईतबार पहिलो सेमीफाईनल खेलमा कुवरवर्तिले न्यु होराईजन स्पोर्ट्स क्लब तथा दोस्रो सेमीफाईनल खेलमा एभरेस्ट रेडले एभरेष्ट वाईटसंग प्रतिस्पर्धा गर्नेछन ।

प्रतियोगिताको उपाधि विजेताले नगद ५५ हजार रुपैया, ट्रफि, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । यसैगरि उपविजेता टिमले नगद ३५ हजार रुपैया, ट्रफि, मेडल, प्रमाणपत्र, तृतिय टिमले नगद २० हजार रुपैया, ट्रफि, मेडल, प्रमाणपत्र तथा सान्त्वना टिमले नगद १० हजारसहित ट्रफि, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए । यसैगरि विद्यागत रुपमा समेत बेष्ट स्पाईकर, बेष्ट सटर, बेष्ट सर्भर, बेष्ट लिभेरोलाई समेत पुरस्कृत गरिने छ ।

प्रकाशित मिति : १० माघ २०७७, शनिबार  ९ : २० बजे

सांस्कृतिक र पर्यटन उपभोग प्रवर्द्धन गर्न चीनको पहल सुरु

गुआङझोउ । चीनमा सांस्कृति तथा पर्यटन मन्त्रालयले सांस्कृति तथा पर्यटन

६ नेपाली महिला क्रिकेट खेलाडी मलेसिया प्रस्थान

काठमाडौं । मलेसियाको सुपर वुमेन्स कप खेल्ने ६ नेपाली राष्ट्रिय

प्रधानमन्त्रीसँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रीका प्रतिनिधिमण्डलको भेट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग रुसको चेम्बर्स अफ

लोकतन्त्र दिवसको सान्दर्भिकता

काठमाडौं । आज १८ औँ लोकतन्त्र दिवस । तत्कालीन राजा

कतारका अमिरको स्वागतमा सिँगारियो काठमाडौं

काठमाडौं । कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको