२३ आश्विन २०८३, शुक्रबार | October 9, 2026

दोस्रो उपमेयर रनिङ शिल्ड खुल्ला महिला भलिबल प्रतियोगिता २०७७,कुवरवर्ति, न्यु होराईजन, एभरेस्ट रेड र एभरेष्ट वाईट अन्तिम चारमा



बुटवल । तिलोत्तमा जारी दोस्रो उपमेयर रनिङ शिल्ड खुल्ला महिला भलिबल प्रतियोगिता २०७७ मा सेमीफाईनल खेल्ने अन्तिम चार टिमको टुगो लागेको छ । तिलोत्तमा नगर खेलकुद विकास समितिको आयोजना तथा मणिमुकुन्द भलिबल क्लबको संयोजकत्वमा शनिबार भएको लिग कम नकआउटको आधारमा खेलाईएको खेलमा विजयी हुँदै कुवरवर्ति मावि, न्यु होराईजन स्पोर्ट्स क्लब, एभरेस्ट मावि (रेड) र एभरेस्ट मावि (वाईट) अन्तिम चारमा स्थान बनाएको हो ।

योगिकुटीस्थित मणिमुकुन्द भलिबल कोर्टमा भएको पहिलो क्वाटरफाइनल खेलमा डिफेन्डिङ च्याम्पियन कुवरवर्ति माविले नवीन आधौगिक माविलाई २–० को सेटमा पराजित गर्दै अन्तिम चारमा स्थान बनायो । यसैगरि दोस्रो क्वाटरफाइनल खेलमा न्यु होराईजन स्पोर्ट्स क्लबले दिप बोर्डिङ स्कुललाई २–० को सोझो सेट, तेस्रो क्वाटरफाइनल खेल एभरेष्ट वाईटले नवज्योती माविलाई २–० को सोझो सेट तथा एभरेस्ट रेडले श्रीनगर स्पोर्ट्स क्लब पाल्पालाई २–० को सोझो सेटमा पराजित गरेका हुन ।

आईतबार पहिलो सेमीफाईनल खेलमा कुवरवर्तिले न्यु होराईजन स्पोर्ट्स क्लब तथा दोस्रो सेमीफाईनल खेलमा एभरेस्ट रेडले एभरेष्ट वाईटसंग प्रतिस्पर्धा गर्नेछन ।

प्रतियोगिताको उपाधि विजेताले नगद ५५ हजार रुपैया, ट्रफि, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । यसैगरि उपविजेता टिमले नगद ३५ हजार रुपैया, ट्रफि, मेडल, प्रमाणपत्र, तृतिय टिमले नगद २० हजार रुपैया, ट्रफि, मेडल, प्रमाणपत्र तथा सान्त्वना टिमले नगद १० हजारसहित ट्रफि, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए । यसैगरि विद्यागत रुपमा समेत बेष्ट स्पाईकर, बेष्ट सटर, बेष्ट सर्भर, बेष्ट लिभेरोलाई समेत पुरस्कृत गरिने छ ।

प्रकाशित मिति : १० माघ २०७७, शनिबार  ९ : २० बजे

लुम्बिनीमा प्रादेशिक फोहोरमैला व्यवस्थापन नीति बनाउने पहल

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले फोहोरमैला व्यवस्थापनलाई व्यवस्थित, वैज्ञानिक र

कोरलानाकाबाट ५४३ टन फलफूल आयात, कन्टेनरभित्रै थन्किँदा कुहिने जोखिम

मुस्ताङ । चीनबाट एघार दिनको अवधिमा पाँच सय ४३ टन

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

मध्यावधि चुनावअघि इरानमा आक्रमण नगर्ने ट्रम्पको घोषणा

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नोभेम्बर ३ मा हुने

उखु किसानलाई एक अर्ब ५० करोड अनुदान

काठमाडौं । सरकारले उखु किसानलाई रु एक अर्ब ५० करोड