६ श्रावण २०८३, बुधबार | July 22, 2026

बाटोमै जन्म, बाटोमै मरण



बाजुरा । बूढीनन्दा नगरपालिका-७ की ५३ वर्षीया बिस्ना गुरुङले १५ सन्तान जन्माइन । उनले यी सबै बच्चा हिउँदमा चिसो छल्न बेंसी र वर्षातमा भोट (चीन)तिर जाने क्रममा बाटोमै जन्माएकी हुन । तर, सात जनाको बाटोमै मृत्यु भएको उनले सुनाइन ।

बूढीनन्दाकै वडा नम्बर ८ की ३८ वर्षीया डोमा गुरुङले बाटोमै ११ बच्चा जन्माइन । तर, उनीसँग तीन बच्चा मात्र साथमा छन । ८ जनाको बाटोमै मृत्यु भएको उनले सुनाइन । बसाइ सर्दा चिसो हुने र बच्चा पाउँदा विभिन्न समस्या हुने भएकाले बचाउन नसकेको उनको भनाइ छ ।

बिस्नाकै गाउँले तनी थापाले ७ सन्तानलाई बाटोमै जन्म दिइन । तीमध्ये पाँच जनाको मृत्यु भयो । बाटोमा चिसो र स्याहार नपुग्दा घर फर्किंदासम्म मृत्यु भएको उनले बताइन । उनले सुत्केरीका बेला न सन्तुलित खाना पाइन् न त आराम गर्न नै १ एकातिर आफ्नो स्वास्थ्य कमजोर भएको र अर्कातिर बच्चालाई जोगाउन नपाएको उनले दुखेसो पोखिन ।

हिमाली गाउँपालिका-३ बौडीकी जौमा थापा सपरिवार कात्तिक अन्तिम साता चिसो छल्न अछामतिर बसाइ सरिन । उनकी पाँच महिनाकी छोरी बाटोमा बिरामी परिन । त्यसको एक-दुई दिनमै छोरीको बाटोमै मृत्यु भयो । त्यसअघि दुई बच्चा जन्माएकी उनले पहिलो सन्तान वर्षातमा चीनतिर जाँदा गुमाउनुपरेको उनले बताइन । उक्त समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा छापिएको छ ।

 

प्रकाशित मिति : ११ माघ २०७७, आइतबार  ७ : ०८ बजे

दाङमा एक वर्षमा सडक दुर्घटनामा ७२ जनाको मृत्यु

दाङ । गत चैत ५ गते बिहीबार बेलुका तुलसीपुर उपमहानगरपालिका-९

हस्तकलामार्फत रोजगारी सिर्जना गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले हस्तकला व्यवसायसम्बन्धी नीति निर्माण, हस्तकला

नतिजामुखी भएर काम गर्न कर्मचारीलाई सञ्चारमन्त्रीको निर्देशन

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले मन्त्रालय र

अन्नपूर्ण क्षेत्रमा लेक लागेर एक वर्षमा २५ पर्यटकको मृत्यु

गण्डकी । अन्नपूर्ण पदमार्गमा पुगेकामध्ये २५ जना पर्यटकको लेक लागेर

पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छ : नेता आङ्देम्बे

चितवन । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले नेताहरुले