७ कार्तिक २०८३, शनिबार | October 24, 2026

भालुको आक्रमणबाट बाजुरामा एक महिला घाइते



बाजुरा । बाजुरामा भालुको आक्रमणबाट शनिवार एक महिला घाइते भएकी छन् । जिल्लाको बुढीगंगा नगरपालिका–७ झालीकी २७ वर्षीया सुनिता कटुवाल घाइते भएकी हुन् ।

बिहान जंगली भालुको आक्रमणबाट घर नजिकै रहेको मकैबारीमा बाँदर र भालुले खाएका मकै काटेर ल्याउन गएका बेला भालुले महिलालाई आक्रमण गरेको हो ।

भालुको आक्रमणबाट घाइते भएकी कटुवालको खट्टा र अन्य शरिरमा चोट लागेको प्रहरीले जनाएको छ । स्थानीय झाली आधारभूत स्वास्थ्य चौकीमा सामान्य उपचारपछि उनलाई थप उपचारका लागि अछामको बयालपाटा अस्पतालमा लगिएको छ ।

भालुको आक्रमणमा परी घाइते भएकी महिलाको अवस्था भने खतरामुक्त अर्थात सामान्य रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : ३ भदौ २०८०, आइतबार  ७ : ०७ बजे

उपत्यकामा एकैदिन ३३६ सवारीसाधन कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यकामा एकैदिन सवारी नियम उलङ्घन गर्ने ३३६

म्याग्दीका पशुगोठ बेँसी झर्न थाले

म्याग्दी । म्याग्दीका पशुगोठ लेकाली क्षेत्रको बुकीबाट बेँसी झर्न थालेका

आज हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने

काठमाडौं । नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज

सम्पर्कविहीन जापानी पर्वतारोहीद्वयको शव फेला

मनाङ । गङ्गापूर्ण हिमाल आरोहणका क्रममा सम्पर्कविहीन भएका जापानी पर्वतारोहीको

जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका हालैका अकल्पनीय प्राकृतिक विपद्का