१० कार्तिक २०८३, मंगलबार | October 27, 2026

बाटोमै जन्म, बाटोमै मरण



बाजुरा । बूढीनन्दा नगरपालिका-७ की ५३ वर्षीया बिस्ना गुरुङले १५ सन्तान जन्माइन । उनले यी सबै बच्चा हिउँदमा चिसो छल्न बेंसी र वर्षातमा भोट (चीन)तिर जाने क्रममा बाटोमै जन्माएकी हुन । तर, सात जनाको बाटोमै मृत्यु भएको उनले सुनाइन ।

बूढीनन्दाकै वडा नम्बर ८ की ३८ वर्षीया डोमा गुरुङले बाटोमै ११ बच्चा जन्माइन । तर, उनीसँग तीन बच्चा मात्र साथमा छन । ८ जनाको बाटोमै मृत्यु भएको उनले सुनाइन । बसाइ सर्दा चिसो हुने र बच्चा पाउँदा विभिन्न समस्या हुने भएकाले बचाउन नसकेको उनको भनाइ छ ।

बिस्नाकै गाउँले तनी थापाले ७ सन्तानलाई बाटोमै जन्म दिइन । तीमध्ये पाँच जनाको मृत्यु भयो । बाटोमा चिसो र स्याहार नपुग्दा घर फर्किंदासम्म मृत्यु भएको उनले बताइन । उनले सुत्केरीका बेला न सन्तुलित खाना पाइन् न त आराम गर्न नै १ एकातिर आफ्नो स्वास्थ्य कमजोर भएको र अर्कातिर बच्चालाई जोगाउन नपाएको उनले दुखेसो पोखिन ।

हिमाली गाउँपालिका-३ बौडीकी जौमा थापा सपरिवार कात्तिक अन्तिम साता चिसो छल्न अछामतिर बसाइ सरिन । उनकी पाँच महिनाकी छोरी बाटोमा बिरामी परिन । त्यसको एक-दुई दिनमै छोरीको बाटोमै मृत्यु भयो । त्यसअघि दुई बच्चा जन्माएकी उनले पहिलो सन्तान वर्षातमा चीनतिर जाँदा गुमाउनुपरेको उनले बताइन । उक्त समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा छापिएको छ ।

 

प्रकाशित मिति : ११ माघ २०७७, आइतबार  ७ : ०८ बजे

कोप–३१ मा जलवायु न्यायको आवाज बुलन्द गर्न सुझाव

काठमाडौँ । जलवायु परिवर्तनसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन (कोप–३१) मा जलवायु न्यायको

सांसद काफ्लेद्वारा सभामुखसहित पाँच जनाविरुद्ध जालसाजीको मुद्दा

नेपालगन्ज । पदमुक्त गर्ने विवादित पत्रमा कीर्ते तथा जालसाजी भएको

अध्यक्ष ओलीबाट मदन भण्डारी स्मृति प्रतिष्ठानको स्मारिका लोकार्पण

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौँ । मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

एनपिएल क्रिकेटमा कर्णाली याक्सको जित

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगितअन्गर्तत आज भएको