१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

तिलोत्तमा सम्पन्न दोस्रो उपमेयर महिला भलिबल प्रतियोगिताको उपाधि कुवरवर्तीलाई



बुटवल । तिलोत्तमा सम्पन्न दोस्रो उपमेयर रनिङ शिल्ड खुल्ला महिला भलिबल प्रतियोगिता-२०७७ को उपाधि कुवरवर्ति माविले हात पारेको छ ।

तिलोत्तमा नगर खेलकुद विकास समितिको आयोजना तथा मणिमुकुन्द भलिबल क्लबको संयोजकत्वमा योगिकुटीस्थित मणिमुकुन्द भलिबल कोर्टमा आईतबार भएको प्रतिस्पर्धात्मक फाईनल खेलमा एभरेष्ट माविलाई ३-० को सोझो सेटमा पराजित गर्दै उपाधि चुमेको हो ।

उपाधिसंगै कुवरवर्ती रनिङ शिल्ड, नगद ५५ हजार रुपैया, ट्रफि, मेडल, प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता एभरेष्ट मावि (रातो) भने नगद ३५ हजार रुपैया, ट्रफि, मेडल, प्रमाणपत्रमा चित्त बुझायो । एभरेस्ट मावि (सेतो) तृतिय हुदै नगद २० हजार रुपैया, ट्रफि, मेडल, प्रमाणपत्र तथा न्यु होराईजन मावि सान्त्वना हुँदै नगद १० हजारसहित ट्रफि, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भएको छ ।

यसैगरि प्रतियोगितामा विद्यागत रुपमा बेष्ट प्लेयर अफ द टुर्नामेन्ट कुवरवर्तीकी भावना डागी घोषित हुदै नगद ३ हजार, ट्रफि, प्रमाणपत्रबाट पुरस्कृत भए ।

प्रतियोगितामा बेष्ट स्पाईकर कुवरवर्तिकी कै शर्मिला नेपाली, बेष्ट सटर एभरेस्टकी जस्मा महतो, बेष्ट सर्भर एभरेस्टकी निर्भा सारु, बेष्ट डिफेन्स कुवरवर्तिकी मोनिका विष्ट, बेष्ट ब्लकर एभरेस्टकि बबिता बिसि, नव उदयमान सिद्धार्थकी एलिना चौधरी, बेष्ट डिसिप्लिन अफ टुर्नामेन्ट न्यु होराईजनकी रश्मि पुन, उत्कृष्ट प्रशिक्षक कुवरवर्तीका मिलन राना घोषित हुदै पुरस्कृत भए ।

एक कार्यक्रमका बिच तिलोत्तमा नगरपालिकाका उपप्रमुख जागेश्वरी चौधरी, तिलोत्तमा नगरपालिका शिक्षा शाखा प्रमुख गंगाराम आचार्य, प्रवक्ता सरेन्द्र श्री, नगर खेलकुद विकास समितिको अध्यक्ष राजेन्द्र गुरुङ, शंकरनगर सामुदायिक वनका अध्यक्ष राम गिरि, मणिमुकुन्द भलिबल क्लबका अध्यक्ष लोकेन्द्र भण्डारी, क्लबका संरक्षक सुरेन्द्र गरुङले विजयी टिम, उपविजेता टिम तथा उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार बितरण गरेका थिए ।

प्रकाशित मिति : ११ माघ २०७७, आइतबार  ६ : २६ बजे

अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग

युवा उद्यमी मञ्च रुपन्देहीको आयोजानमा पहिलो ‘बिटुबि कन्टेक्ट २०२४’

बुटवल । नेपालमै पहिलो पटक रुपन्देहीमा शनिवार (भोली)’बिटुबि कन्टेक्ट २०२४’

निरजलाई सूर्य नेपाल काठमाडौं ओपनको उपाधि

काठमाडौं । कोर्स रेकर्ड बराबरी गर्दै समग्रमा ८-अन्डर २ सय

भुतुङ्ग-छापचौर तराई सम्पर्क समाजको शुभकामना आदान प्रदान

बुटवल । भुतुङ्ग-छापचौर तराई सम्पर्क समाजको आयोजनामा शुभकामना आदान प्रदान

जनताका मुद्धालाई केन्द्रमा राख्दै कम्युनिष्ट आन्दोलनलाई एकतातर्फ लैजानुपर्छ : अध्यक्ष नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार