१ भदौ २०८३, सोमबार | August 18, 2026

निर्वाचन आयोगबाट ओली र प्रचण्ड-नेपाल पक्षको दाबी अस्वीकार, साविककै नेकपालाई मान्यता



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आधिकारीकताका बिषयमा निर्वाचन आयोगले अमुर्त निर्णय सुनाएको छ ।

दुईवटा अलग अलग अस्तित्वका साथ संगठन निर्माणमा अगाडी बढिसकेका नेकपाका दुबै पक्षलाई मान्यता नदिएर आयोगले साबिक प्रचण्ड-ओली नेतृत्वकै नेकपा कायम रहेको निर्णय सुनाएको छ ।

आ-आफ्नो आधिकारीकताको दाबी सहित निर्वाचन आयोग पुगेका प्रचण्ड-नेपाल र ओली पक्षले पेश गरेको दाबी नपुगेको भन्दै साबिक नेकपा कायम रहेको निर्णय आयोगले गरेपछि दुईपक्षले गर्दै आएको आधिकारीकताको दाबी थप अन्यौलमा परेको छ ।

आइतबार बसेको आयोगको बैठकले दुबैको दाबी नपुगेको निष्कर्ष निकालेको हो ।

प्रचण्ड-नेपाल पक्षले केपी शर्मा ओलीलाई पार्टी अध्यक्षबाट हटाएर माधवकुमार नेपाललाई अध्यक्ष बनाउने निर्णय गरिसकेको छ भने ओली पक्षले प्रचण्डको कार्यकारी अधिकार खोसेको बताएको छ ।

प्रचण्ड नेपाल पक्षले साबिक केन्द्रीय कमिटीको दुईतिहाई आफहरुसँग रहेको बताईरहँदा अल्पमत सदस्यहरुको उपस्थितीमा ओली पक्षले केन्द्रीय कमिटीलाई १५०१ पु-याएको छ ।

निर्वाचन आयोगको आइतबार बसेको बैठकले नेकपामा नयाँ संशोधन र हेरफेर गर्न नमिल्ने निर्णय गरेको बताईएको छ ।

प्रमुख निर्वाचन आयुक्त सहितको उपस्थितीमा आइतबार बसेको बैठकले ओली र प्रचण्ड–नेपाल पक्षले दाबी गरेको हेरफेर, संशोधन गर्न नमिल्ने र साविकको विवरण नै कायम रहेको निर्णय गर्दै दुबै अध्यक्षलाई जानकारी दिने निर्णय गरेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताएकाछन् ।

आयोगको निर्णय अमुर्त रहेपनि साबिकको कमिटीलाई मान्यता दिएकाले बहुमतका आधारमा बाँकी काम कारवाही गर्न प्रचण्ड-नेपाल पक्षलाई बाटो खुलेको वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्यले बताए ।

प्रधानमन्त्री ओली बिरुद्ध सर्वोच्च अदालतको अवहेलना मुद्धा दायर गरेका अधिवक्ता आचार्यले बिधान बमोजिम प्रचण्डले बैठक बोलाएर साबिकको केन्द्रीय कमिटीमा बहुमत रहेको देखाउने बाटो खुल्ला भएको बताए ।

पूर्ववत अवस्थामा रहेको ४४५ सदस्सीय कमिटीको बिधान बमोजिम बैठक बोलाएर अनुपस्थित हुने सदस्यको विरण सहित आयोग जाने प्रक्रिया नअपनाएकाले आयोगले दाबी नमानेको हुनसक्ने आचार्यले अनुमान गरे ।

यसअघि निर्वाचन आयोगले नेकपाका दुबै समूहलाई आफ्नो दाबी सच्याएर प्रस्तुत गर्न सात दिने म्यादसहित पत्राचार गरेको थियो ।

प्रकाशित मिति : ११ माघ २०७७, आइतबार  १० : ३५ बजे

उद्योग वाणिज्य संघ निर्वाचन : दलनिकट व्यवसायीको संयुक्त प्यानल

नेपालगन्ज । लामो समयदेखि दलगत छुट्टाछुट्टै प्यानल बनाएर निर्वाचन लड्ने

माछापुच्छ्रे बैंकको नायब प्रमुख कार्यकारी अधिकृत पदमा कल्याण विक्रम पाँडे नियुक्त

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत पदमा

कांग्रेस बैठक सम्पन्न, मङ्गलबार निर्णय सार्वजनिक गरिने

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको गत साउन २४ गतेदेखि

पत्रकार किशोर श्रेष्ठलाई थुनामुक्त गर्न सर्वोच्चको परमादेश (पूर्णपाठसहित)

काठमाडौं । सर्वोच्च अदालतले पत्रकार तथा जनआस्था साप्ताहिकका प्रधान सम्पादक

बागमतीमा नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान

हेटौँडा । बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नयाँ सरकार