२१ बैशाख २०८१, शुक्रबार | May 3, 2024

निर्वाचन आयोगबाट ओली र प्रचण्ड-नेपाल पक्षको दाबी अस्वीकार, साविककै नेकपालाई मान्यता



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आधिकारीकताका बिषयमा निर्वाचन आयोगले अमुर्त निर्णय सुनाएको छ ।

दुईवटा अलग अलग अस्तित्वका साथ संगठन निर्माणमा अगाडी बढिसकेका नेकपाका दुबै पक्षलाई मान्यता नदिएर आयोगले साबिक प्रचण्ड-ओली नेतृत्वकै नेकपा कायम रहेको निर्णय सुनाएको छ ।

आ-आफ्नो आधिकारीकताको दाबी सहित निर्वाचन आयोग पुगेका प्रचण्ड-नेपाल र ओली पक्षले पेश गरेको दाबी नपुगेको भन्दै साबिक नेकपा कायम रहेको निर्णय आयोगले गरेपछि दुईपक्षले गर्दै आएको आधिकारीकताको दाबी थप अन्यौलमा परेको छ ।

आइतबार बसेको आयोगको बैठकले दुबैको दाबी नपुगेको निष्कर्ष निकालेको हो ।

प्रचण्ड-नेपाल पक्षले केपी शर्मा ओलीलाई पार्टी अध्यक्षबाट हटाएर माधवकुमार नेपाललाई अध्यक्ष बनाउने निर्णय गरिसकेको छ भने ओली पक्षले प्रचण्डको कार्यकारी अधिकार खोसेको बताएको छ ।

प्रचण्ड नेपाल पक्षले साबिक केन्द्रीय कमिटीको दुईतिहाई आफहरुसँग रहेको बताईरहँदा अल्पमत सदस्यहरुको उपस्थितीमा ओली पक्षले केन्द्रीय कमिटीलाई १५०१ पु-याएको छ ।

निर्वाचन आयोगको आइतबार बसेको बैठकले नेकपामा नयाँ संशोधन र हेरफेर गर्न नमिल्ने निर्णय गरेको बताईएको छ ।

प्रमुख निर्वाचन आयुक्त सहितको उपस्थितीमा आइतबार बसेको बैठकले ओली र प्रचण्ड–नेपाल पक्षले दाबी गरेको हेरफेर, संशोधन गर्न नमिल्ने र साविकको विवरण नै कायम रहेको निर्णय गर्दै दुबै अध्यक्षलाई जानकारी दिने निर्णय गरेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताएकाछन् ।

आयोगको निर्णय अमुर्त रहेपनि साबिकको कमिटीलाई मान्यता दिएकाले बहुमतका आधारमा बाँकी काम कारवाही गर्न प्रचण्ड-नेपाल पक्षलाई बाटो खुलेको वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्यले बताए ।

प्रधानमन्त्री ओली बिरुद्ध सर्वोच्च अदालतको अवहेलना मुद्धा दायर गरेका अधिवक्ता आचार्यले बिधान बमोजिम प्रचण्डले बैठक बोलाएर साबिकको केन्द्रीय कमिटीमा बहुमत रहेको देखाउने बाटो खुल्ला भएको बताए ।

पूर्ववत अवस्थामा रहेको ४४५ सदस्सीय कमिटीको बिधान बमोजिम बैठक बोलाएर अनुपस्थित हुने सदस्यको विरण सहित आयोग जाने प्रक्रिया नअपनाएकाले आयोगले दाबी नमानेको हुनसक्ने आचार्यले अनुमान गरे ।

यसअघि निर्वाचन आयोगले नेकपाका दुबै समूहलाई आफ्नो दाबी सच्याएर प्रस्तुत गर्न सात दिने म्यादसहित पत्राचार गरेको थियो ।

प्रकाशित मिति : ११ माघ २०७७, आइतबार  १० : ३५ बजे

लोकतन्त्रको विकासमा जगतको अहम् भूमिका हुन्छ : मुख्यमन्त्री कँडेल

कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले लोकतन्त्रको विकास,

खरबुजा खेतीबाट आकर्षक आम्दानी गर्दै नवलपुरका मीनबहादुर

त्रिवेणी । बर्दघाट सुस्तापूर्व नवलपुरको कावासोती-१७ का मीनबहादुर महतोले धान

नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजबाट

काठमाडौं । नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु

डढेलो बस्तीमा पस्दा रामेछापमा एक जनाको मृत्यु

दोलखा । रामेछाप नगरपालिका-८ को काउले सामुदायिक वनमा लागेको डढेलो

राष्ट्रपतिद्वारा विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा