७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

प्रचण्ड-नेपाल नेकपाद्वारा तेस्रो चरणको आन्दोलन कार्यक्रम घोषणा, २८ गते काठमाडौंमा बृहत प्रदर्शन



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड–नेपाल पक्षले तेस्रो चरणको आन्दोलन घोषणा गरेको छ ।

प्रचण्ड–नेपाल पक्षको संघर्ष समितिले सोमबार पेरिसडाँडामा पत्रकार सम्मेलन गरी माघ २८ गते काठमाडौंमा बृहत जनप्रदर्शन र जनसभा गर्ने निर्णय गरेको हो ।

ओली पक्षले माघ २३ गते प्रचण्ड-नेपालको ९ गतेको प्रदर्शन भन्दा ठूलो प्रदर्शन गर्ने योजना बनाएपछि त्यसको काउन्टर गर्नेगरी २८ गते प्रदर्शन गर्ने योजना बनाएको बुझिएको छ । संघर्षका कार्यक्रम घोषण हुनुअघि पेरिसडाँडामै २ नं. प्रदेशका नेता कार्यकर्तालाई सम्बोधन गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ९ गतेको भन्दा विशाल प्रदर्शन गर्ने तयारी भैरहेको बताएका थिए । प्रचण्डले जनकपुरमा २३ गते जनप्रदर्शन गर्ने योजना भएको भएपनि ओलीले गर्ने प्रदर्शन भन्दा ठूलो प्रदर्शन गर्ने बताएक थिए । प्रचण्डले ओलीको प्रदर्शनलाई पञ्च यालीसँग तुलना गरेका छन् ।

माघ १३ गतेदेखि २८ गतेसम्म आन्दोलनको कार्यक्रम सार्वजनिक गर्दै प्रचण्ड–नेपाल पक्षको संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठका अनुसार १३ गते सिटी जुलुस, १४ गतेदेखि २१ गतेसम्म माइतीघर मण्डलामा धर्नाको कार्यक्रम रहेको छ ।

यसैगरी १६ गते जुलुससहित शहीदहरुलाई श्रद्धाञ्ली दिने, २२ गते काठमाडौंमा युवा र्‍याली , २६ गते मशाल जुलुस र २८ गते काठमाडौंमा वृहत विरोध प्रदर्शन लगायतका कार्यक्रम रहेको श्रेष्ठले बताए ।

प्रकाशित मिति : १२ माघ २०७७, सोमबार  ११ : ४५ बजे

एकीकृत समाजवादीले सदस्यताको प्रमाणीकरण गर्दै

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले महाधिवेशन प्रतिनिधि चयन गर्न पार्टीका

काठमाडौंमा कक्षा १२ को परीक्षाका केन्द्रहरू स्वचालित विधिबाट तोकियो

काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र राष्ट्रिय परीक्षा बोर्डको

धनुषामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

धनुषा । धनुषामा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ

सुनको भाउ हालसम्मकै उच्च विन्दुमा, आज कति छ ?

काठमाडौं । नेपाली बजारमा सुनको मुल्य बढेको छ । नेपाल

हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना

काठमाडौं । आइपिएल टिम मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्ड्यालाई १२