३१ असार २०८२, मंगलबार | July 15, 2025

नेकपा प्रचण्ड-नेपाल पक्षको रुपन्देहीमा छुट्टै प्रचार समिति गठन, संगठन अलग अलग, पार्टी कार्यालय भने एउटै



बुटवल । बुटवल । निर्वाचन आयोगले नेकपाको अलग अलग अस्तित्वलाई स्किवार नगरेपनि नेकपा ओली र प्रचण्ड-नेपाल पक्षले दशैभर आ-आफ्नो संगठन निर्माण गरिरहेका छन् । पार्टी संगठन सहित जनबर्गीय संगठन पनि देशका सबै जिल्लाहरुमा छुट्टाछुट्टै बनाउने क्रमलाई दुबै पक्षले तिब्र पारेका छन् ।

यसैक्रममा नेकपाको प्रचण्ड-नेपाल पक्षले रुपन्देहीका अग्रज पत्रकार सिद्धिचरण भट्टराईको संयोजकत्वमा रुपन्देहीमा ५१ सदस्यिय जिल्लास्तरिय प्रचार समिति गठन गरेको छ ।

समितिको सहसंयोजकमा प्रेस संगठन नेपालका पुर्व अध्यक्ष भुवन कार्कि र सचिबमा गुनाराम घिमिरे चयन भएका छन् ।

यसैगरि सचिवालय सदस्यहरुमा पत्रकार महासंघ रुपन्देही शाखाका अध्यक्ष यानेन्द्र जिसि, सह-सचिव कमल रायमाझि, रुद्रहरि कुवर, विपि गौतम, ओम पंगेनि, नरेश केसी, दिवाकर पन्थि र सरु राना चयन भएका छन् ।

यसैगरि जिल्लाको सबै निर्वाचन क्षेत्रमा अलग प्रचार समिति पनि गठन गरिएको छ । क्षेत्र नम्वर १ मा टंक सुनार संयोजक तथा पशुपति यादब र दिपक न्यौपाने सहसंयोजक रहेको ७ सदस्यिय प्रचार समिति गठन भएको छ । क्षेत्र नम्बर २ मा मोहन न्यौपाने सहसंयोजकत्वमा ७ सदस्यिय प्रचार समिति, क्षेत्र नम्बर ३ मा शंकर प्रसाद पान्डे संयोजक तथा माधब न्यौपाने र रबिन्द्र गुप्ता सहसंयोजक रहेको ११ सदस्यिय समिति गठन भएको छ ।

यसैगरि क्षेत्र नम्बर ४ मा राजकुमार धवल संयोजक र अस्लम खान सहसंयोजक तथा क्षेत्र नम्वर ५ मा बिन्दुकुमार चौहान संयोजक रहनेगरि प्रचार समिति गठन गरेको प्रचार प्रसार समितिको सचिव गुनाराम घिमिरेले बताए ।

यसैबिच प्रचार समितिको आयोजनामा माघ १३ गते रुपन्देहीका सबै मिडियाका सम्पादक, लेखक तथा अग्रज पत्रकारहरुबिच संसद पुनरस्थापनाको बिषयमा अन्तरक्रिया कार्यक्रम गर्ने निर्णय भएको छ ।

रुपन्देहीमा पार्टी तथा जनवर्गिय संगठन अलग अलग गठन गरिएपनि दुबै पार्टीका कार्यक्रमहरु भने एउटै कार्यालमा चलिरहेको छ । पुष्पलाल भवन सुख्खानगरमा रहेको पार्टीको प्रदेश कार्यालयमा दुबै पक्षले आलोपालो गरेर कार्यक्रमहरु गरिरहेका छन् ।

प्रकाशित मिति : १२ माघ २०७७, सोमबार  १० : १५ बजे

गण्डकीमा ७१ प्रतिशत रोपाइँ

गण्डकी । गत आइतबार सम्ममा गण्डकी प्रदेशमा ७१ दसमलव ०३

सम्मरीमाई र मर्चवारीमा भूमि समस्या समाधानसम्बन्धी अभिमुखीकरण

बुटवल । रुपन्देहीको सम्मरीमाई र मर्चवारी गाउँपालिकाका जनप्रतिनिधिहरुका लागि एक

२४ लाख ५० हजार घुस रकमसहित भक्तपुरका प्रमुख मालपोत अधिकृत कुमार आचार्यसहित ३ जना अख्तियारको फन्दामा

काठमाडौं । भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुरका प्रमुख मालपोत अधिकृत

भगवती न्यौपाने सामान्य प्रशासनमन्त्री नियुक्त

काठमाडौँ । राष्ट्रियसभा सदस्य भगवती न्यौपाने सङ्घीय मामिला तथा सामान्य

कान्ति मावि बुटवलको अध्यक्षमा जीवन वझा चयन

बुटवल । कान्ति माध्यमिक विद्यालय बुटवलको व्यवस्थापन समितिको अध्यक्षमा स्थानीय