७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

मुग्लिङ-पोखरा सडक विस्तार प्रक्रिया शुरु, चार लेनको बन्ने



पोखरा । पृथ्वी राजमार्गको मुग्लिङ-पोखरा सडक विस्तार प्रक्रिया अघि बढेको छ ।

मुग्लिन-पोखरा सडक खण्ड अन्तर्गतको आँबुखैरेनी-जामुन्ने खण्डको निर्माण चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले गर्ने भएको छ । चिनियाँ कम्पनीले ६ अर्ब २१ करोड ३१ लाख १३ हजार रुपैयाँमा मुग्लिन-पोखरा सडकअन्तर्गतको पूर्व खण्ड आँबुखैरनी-जामुने सडक निर्माणको जिम्मा पाउने भएको हो ।

सडक विभाग र चिनियाँ कम्पनीबीच सडक निर्माणका लागि सम्झौता हुने क्रममा रहेको मुग्लिन-पोखरा सडक आयोजनाको पूर्वी खण्डका प्रमुख नगेन्द्र सुवेदीले जानकारी दिए । ‘पर्फमेन्स ग्यारेन्टी गर्ने म्याद माघ १४ गतेसम्म छ’, सुवेदीले भने, ‘पर्फमेन्स ग्यारेन्टी बापतको रकम बैंकमा जम्मा गरिसकेपछि ठेक्का सम्झौता मिति तय गरिनेछ ।’ एडीबीले पहिलो चरणमा मुग्लिन-पोखरा सडक खण्डअन्तर्गतको आँबुखैरेनी-पोखरा खण्ड निर्माण प्रक्रिया अघि बढाउन खोजेको हो ।

मुग्लिन देखि पोखराको दूरी करिब ९३ किमि छ । जसमा आँबुखैरेनी देखि पोखराको दूरी ८६.६ किमि छ । निर्देशनालयले आँबुखैरेनी-पोखरा सडकलाई दुई खण्डमा विभाजन गरेको छ । आँबुखैरेनी-जामुने (४१.४५ किमि) पूर्वी खण्ड र जामुने-पोखरा (४५ किमि) रहेको छ ।

जामुने-पोखरा खण्ड विस्तारका लागि निर्माण व्यवसायीको आवेदन मूल्यांकनको क्रममा छ । यो खण्डको मूल्यांकन अन्तिम चरणमा पुगेको छ । मुग्लिन-आँबुखैरनी खण्ड करिब ७ किमिको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माणकै क्रममा छ ।

निर्देशनालयले एडीबीको सहुलियत ऋणमा मुग्लिन-पोखरा सडकखण्ड विस्तार गर्न लागेको हो । डेढ लेनको ९३ किलोमिटर सडकलाई चार लेनमा विस्तार गरिनेछ । निर्देशनालयले उक्त सडकलाई दुई चरणमा विस्तार गर्दै छ ।

पहिलो चरणमा आँबुखैरेनी-पोखरा र दोस्रो चरणमा मुग्लिन-आँबुखैरेनी विस्तार गरिनेछ । मुग्लिन-आँबुखैरेनी सडक खण्डको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार हुने क्रममा छ । यस खण्डमा ६७ मेगावट क्षमताको मस्र्याङ्दी जलविद्युत् गृह रहेको छ ।

सडक विस्तार गर्दा जलविद्युत् गृहमा क्षति पुग्ने थियो । जलविद्युत् गृहलाई सुरक्षित राख्न निर्देशनालयले मस्र्याङ्दी नदीको अर्को किनारबाट सडक विस्तार गर्ने गरी डीपीआर तयार पारिरहेको छ । रेखांकन परिवर्तन गर्न मन्त्रिपरिषद्ले २०७५ चैतमा स्वीकृति प्रदान गरेको थियो । डीपीआरको जिम्मा कोरियाली परामर्शदाता एमएमएम ग्रुपले पाएको छ ।

आँबुखैरेनी-मुग्लिन खण्डको डीपीआर पनि एमएमएम ग्रुपले पूरा गरेको हो । पोखरा-मुग्लिन सडकखण्डको भौगोलिक बनावट र जनघनत्वलाई आधार मानेर सडक चौडा निर्धारण गरिने डीपीआरमा उल्लेख छ । घनाबस्ती भएको स्थानमा सडकको चौडाइ ४१ मिटरसम्मको हुनेछ ।

विस्तारित सडक दुवैतर्फ ७, ७ मिटरको हुनेछ । एउटा लेन साढे तीन मिटर चौडा हुन्छ । मुख्य सडकलाई एकअर्काबाट छुट्ट्याउन तीन मिटरको डिभाइडर निर्माण गरिनेछ । आकस्मिक अवस्थामा सवारी रोक्न साढे दुई मिटरको सोल्डर हुन्छ । सडकको दुवैतर्फ ६, ६ मिटरको सर्भिस लेन हुन्छ । ढल व्यवस्थापन गर्न दुवैतर्फ दुई मिटर छुट्ट्याइएको हुन्छ । पैदल यात्रुका लागि एक, एक मिटरको फुटपाथ हुन्छ ।

सर्भिस लेन र मुख्य सडक छुट्ट्याउन ०.७५ मिटरको पर्खाल बनाइनेछ । खुला ठाउँ र पहाडी बस्ती भएको स्थानमा सडक १८ मिटरसम्मको हुनेछ । यी स्थानमा सर्भिस लेन र ढल निर्माण गर्नु नपर्ने भएकाले सडकको चौडा सानो हुनेगरी डिजाइन गरिएको निर्देशनालयले जनाएको छ ।

प्रकाशित मिति : १३ माघ २०७७, मंगलबार  ७ : ४४ बजे

बुटवलमा आज जितगढी विजय उत्सव मनाइँदै

बुटवल । आज बैशाख ७ गते । अर्थात बुटवलको जितगढीमा

आगलागी हुँदा सात बिघा जमिनको गहुँबाली नष्ट

कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा बिहीबार गहुँबालीमा आगलागी हुँदा

भेरी करिडोरमा तल्लुको पुल अन्तिम चरणमा

सुर्खेत । भेरी करिडोर सडक आयोजनाअन्तर्गत तल्लुस्थित भेरी नदीमा बेलिब्रिज

भारतमा लोकसभा निर्वाचनका लागि मतदान सुरू, पहिलो चरणमा १२० सिटका लागि मतदान

नयाँ दिल्ली । लोकसभा चुनावको पहिलो चरणको मतदान केही बेरमा

इन्डोनेसियामा भयानक ज्वालामुखी विष्फोट, ११ हजार बढीलाइ अन्यत्र सारियो

जाकार्ता । इन्डोनेसियामा निरन्तर भयानक ज्वालामुखी विष्फोट भए पछि ११