१५ असार २०८३, सोमबार | June 30, 2026

काँग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, के गर्दैछ निर्णय ?



काठमाडौं । प्रतिनिधिसभा विघटन अलोकतान्त्रिक र असंवैधानिक भएको विरोधमा आन्दोलनमा होमिन नेतृत्वमाथि पार्टीभित्रैबाट दबाब परिरहेका बेला नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ।

वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला लगायत पार्टीको ठूलो पंक्ति प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनलाई प्रगिगामी कदम भन्दै त्यसविरुद्ध नेतृत्वदायी आन्दोलन गर्नुपर्नेमा छ । रपौडेल, सिटौला पक्षधरहरुले भने यतिबेला पार्टीले लाभहानीको क्षणिक अवस्थामा नरमाई लोकतन्त्र र संविधानमाथि गरिएको आक्रमणका विरुद्ध आन्दोलनबाट प्रतिवाद गर्नुपर्ने बताइरहेका छन् ।

तर, सभापति शेरबहादुर देउवा र उनीनिकट नेताहरु भने ओलीले गराउने चुनावमा भाग लिए सबैभन्दा ठूलो पार्टी बन्न सक्ने आंकलन गर्दै आन्दोलनमा जान हिच्किचाइरहेका छन् । यद्यपी, प्रतिनिधिसभा विघटनबारे सर्वोच्च अदालतले दिने निर्णय मान्ने हुने उनीहरुले बताइरहेका छन् । काँग्रेसले यसअघि देशभर वडास्तरसम्म प्रर्दशन गरिसकेको छ ।

पार्टी नेतृत्वबीच आन्दोलन या चुनाव भन्ने द्वविधाबीच आज बस्न लागेको बैठकमा आन्दोलन या चुनाव र पार्टी महाधिवेशनको एजेण्डामा छलफल हुने बताइएको छ ।

बैठकमा प्रतिनिधिसभा विघटन विरुद्ध तेस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गर्ने विषयमा छलफल हुने पौडेल पक्षधर नेताहरुले बताएका छन् ।

यसबाहेक नेकपाकै यौटा समुहले प्रदेश १ र बागमती प्रदेशमा सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएको अवस्थामा पार्टीको पोजिशन के हुनेभन्नेबारेमा पनि काँग्रेस बैठकमा छलफल हुनेछ ।

प्रदेशमा ओली निकट मुख्यमन्त्रीहरु विरद्ध मतदान गर्नुपर्ने अडानमा पौडेल पक्षधरहरु रहेका छन् भने जसले मुख्यमन्त्री दिन्छ उही समुहलाई समर्थन गर्ने दाउमा देउवा रहेका छन् । प्रदेशमा अविश्वासको प्रस्ताव निणायार्थ पेश हुँदा सरकारमा जाने गरी अघि बढ्ने या के गर्नेभन्नेबारेमा काँग्रेस नेताहरुले बैठकमा छलफल गर्नेछन् ।

यसबाहेक बैठकमा पार्टीको १४औं महाधिवेशनबारे पनि छलफल हुनेछ । महाधिवेशन फागुनमा गर्नेभनेर निर्णय भएपनि त्यसको तयारी काँग्रेसले अहिलेसम्म पनि गर्नसकेको छैन । क्रियाशिल सदस्यता वितरण र नविकरणको काम अर्घाखाँची जिल्लाबाहेक अन्य जिल्लाबाट सकिएकै छैन । महाधिवेशनको मिति सार्नका लागि मानसिक रुपमा काँग्रेस नेतृत्व तयार भैसकेको छ । त्यसलाई वैधता दिने विषयमा समेत बैठकमा छलफल हुनेछ ।

केन्द्रीय कार्यसमिति बैठक बस्नुअघि पौडेल पक्षधर नेताहरुले महामन्त्री शशांक कोइरालाको निवासमा छलफल गरेका छन् ।

 

 

प्रकाशित मिति : १३ माघ २०७७, मंगलबार  ८ : ५६ बजे

पर्यटन प्रवद्र्धन र युवा-मैत्री नीति बनाउन होटल व्यवसायीको आग्रह

बुटवल । रुपन्देहीका होटल व्यवसायीहरूले पर्यटन क्षेत्रलाई चलायमान बनाउन र

विष्णु पौडेललाई पुनः म्याद थपका लागि विशेष अदालतमा उपस्थित गराइयो

काठमाडौं । पूर्वमन्त्री तथा नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति

मंगलाघाटमा बस्ती संरक्षण योजना कार्यान्वयमा

म्याग्दी । म्याग्दी नदीको बाढी र कटानको जोखिममा रहेको बेनी

असार १५ : जुजु धौको माग उच्च

भक्तपुर । आज असार १५, नेपाली संस्कृति र परम्पराअनुसार आजको

राष्ट्रिय धान दिवस : ‘ड्रोन’ मार्फत मल छरेर ‘मेसिन’ मार्फत रोपियो धान

पाटन । ‘ड्रोन’ मार्फत मल छरेर ‘मेसिन’ मार्फत धान रोप्दै